कञ्चनपुरको लालझाडी गाउँपालिकामा एक जना मृत फेला परेका छन् ।
लालझाडी गाउँपालिका वडा नं ४ सिकलपट्टीजाई शिविरको मोटर घाट नजिक सडक छेउमा केराबारी नजिक लालझाडी गाउँपालिका वडा नं ४ सिकलपट्टीजाईका राम रेसर राना मृत अवस्थामा भेटिएका हुन ।
आज बिहान सडकको छेउमा साईकल सहित ३५ बर्षका राम रेशर मृत अवस्थामा फेला परेका छन् । स्थानीयहरुले रानालाई कसैले हत्या गरेको शंका गरेका छन । उक्त घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।