६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

लालझाडीमा श्रमिक तथा उद्यमी सम्मान सहित विविध कार्यक्रम

खबर सम्बाददाता १८ बैशाख २०८२, बिहीबार
लालझाडीमा श्रमिक तथा उद्यमी सम्मान सहित विविध कार्यक्रम

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कञ्चनपुरको लालझाडी गाउँपालिकामा जनचेतनामूलक कार्यक्रमसहित विविध गतिविधि आयोजना गरिएको छ । बिहीबार बिहान गाउँपालिकाको आयोजनामा स्थानीय जनप्रतिनिधि, कर्मचारी र श्रमिकहरूको सहभागितामा जनचेतनामूलक सन्देशसहित प्रभातफेरी गरिएको थियो । प्रभातफेरीपछि गाउँपालिकाको सभाहलमा “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नारासहित विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा श्रमिक तथा उद्यमशीलताको सम्मान र प्रोत्साहन स्वरूप उत्कृष्ट श्रमिक, उद्यमी तथा व्यवसायीहरूलाई सम्मान गरिएको गाउँपालिकाका उद्यम विकास शाखा संयोजक नरेश प्रसाद भट्टले जानकारी दिनुभयो । उक्त अवसरमा आठ जना श्रमिक र चार जना उत्कृष्ट उद्यमी तथा व्यवसायीहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा रोजगार सेवा केन्द्रका संयोजक केशव दत्त पन्तले श्रम तथा श्रमिक दिवसको महत्वबारे प्रस्तुति राख्नुभएको थियो । उहाँले श्रमिकको भूमिकाबारे गहन विश्लेषण गर्दै श्रमिक अधिकार र सशक्तीकरणका पक्षमा जोड दिनुभयो । कार्यक्रममा मन्तव्य राख्दै श्रमिक माया रानाले स्वरोजगारमूलक उद्यममार्फत जीविकोपार्जन गरिरहेको अनुभव सुनाउँदै घरखर्चका लागि अब अरूसँग सहयोग माग्नु नपरेको बताउनुभयो । त्यस्तै, माछापालन व्यवसायी विजय चौधरीले विदेशमा चार वर्ष काम गरेर फर्किएपछि सुरु गरेको व्यवसायबाट सन्तुष्ट रहेको बताउनुभयो । गाउँपालिकाका कार्यपालिका सदस्य विन्दुदेवी तिरुवाले श्रमिकको पसिनाले धेरैको जीवन निर्वाह भइरहेको उल्लेख गर्दै विपन्न वर्गप्रति सरकारले सहयोग गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभयो । वडा नं. २ का अध्यक्ष आशाराम रानाले श्रमिक सम्मानका लागि ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ भन्ने सिद्धान्त कार्यान्वयनमा जोड दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले श्रमिकको उत्प्रेरणाका लागि प्रतीकात्मक रूपमा श्रमिक, उद्यमी र व्यवसायीलाई सम्मान गर्ने अभ्यास गरिएको र आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले सम्मानित सबै श्रमिक तथा उद्यमी व्यवसायीहरूलाई बधाई ज्ञापन गर्नुभयो । कार्यक्रमको समापनका क्रममा गाउँपालिका अध्यक्ष निर्मल रानाले श्रमिकहरूको सम्मानका लागि राज्य र स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले स्वरोजगारमूलक कार्यक्रमलाई प्रवर्द्धन गर्दै श्रमिक र उद्यमीहरूको योगदानबाट नै समृद्धि सम्भव हुने उल्लेख गर्दै सबैमा प्रगतिको शुभकामना व्यक्त गर्नुभयो 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin