६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

धनगढी–१५ मा लागू औषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

खबर सम्बाददाता १९ बैशाख २०८२, शुक्रबार
धनगढी–१५ मा लागू औषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

कोशिश कैलालीको आयोजना र धनगढी उप– महानगरपालिका वडा नं १५ को आर्थिक सहयोगमा लागू औषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम वडा अध्यक्ष सुखदेव रानाको प्रमुख आतिथ्यतामा र संस्थाका अध्यक्ष मनोज चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा धनगढी-१५ का वडा सदस्य तथा कार्यपालिका सदस्य सुष्मा चौधरी , वडा सदस्य मन्त्री राना , वडा सदस्य मंगली सार्की , वडा सचिव बागेश्वर दत्त ओझा , स्वयंसेविका ,शिक्षक , विद्यार्थीहरु लगायत संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष रानाले युवाहरूलाई लागू औषधको लतबाट जोगाउन यस्ता सचेतनामूलक कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताए । उनले समाजलाई स्वस्थ, सुरक्षित र सबल बनाउन सबैले मिलेर लाग्नुपर्नेमा जोड दिए।


कार्यक्रममा विभिन्न वक्ताहरूले लागू औषधको प्रयोगबाट हुने शारीरिक, मानसिक र सामाजिक असरबारे जानकारी गराउँदै दुर्व्यसनबाट बच्न अभिभावक, समुदाय र संस्थाहरूबीच सहकार्य आवश्यक रहेको बताएका हुन ।

बढ्दो लागूपदार्थ दुर्व्यसन रोकथामका लागि भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्दा राम्रो हुने भनेर सहभागीहरुले बताएका हुन ।

प्रहरी चौकी कनरीका प्रहरी जनक राज पन्तले लागुऔषध सम्बन्धि कानुनीको बारेमा र नोभा अस्पतालका डा. रामचन्द्र लामिछानेले लागू औषधका लक्षणहरुको बारेमा प्रस्तुतीकरण प्रस्तुत गरेका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin