३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

नागरिक पेन्सन योजना लागू गर्ने देशभरमै पहिलो स्थानिय तह गोदावरी नगरपालिका

खबर सम्बाददाता १९ बैशाख २०८२, शुक्रबार
नागरिक पेन्सन योजना लागू गर्ने देशभरमै पहिलो स्थानिय तह गोदावरी नगरपालिका

कैलालीको गोदावरी नगरपालिका नागरिक पेन्सन योजना लागू गर्ने देशभरमै पहिलो स्थानिय तह बनेको छ । नागरिक लगानी कोषले सञ्चालन गरेको उक्त योजना लागू गर्ने गोदावरी नगरपालिका पहिलो बनेको हो ।

शुक्रबार नागरिक पेन्सन योजना सञ्चालनका लागि नागरिक लगानी कोष काठमाण्डौ र गोदावरी नगरपालिकाबिच सम्झौता भएको छ ।

सम्झौतामा नगरपालिकाका तर्फबाट नगरप्रमुख विरेन्द्र भट्टले हस्ताक्षर गरेका छन भने साक्षीका रुपमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडी रहेका छन । यस्तै नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन, जसको साक्षीका रुपमा उपनिर्देशक नारायण प्रसाद घिमिरे छन ।

सम्झौतामा नगरपालिकाका शिक्षक/कर्मचारीहरुको कल्याणकारी कोष व्यवस्थापन कार्यविधि २०८१ अन्तरगत उनिहरुको मासिक तलबबाट रु. ५०० र नगरपालिकाद्धारा सञ्चालित शिक्षक/कर्मचारीहरुको कल्याणकारी कोषबाट मासिक रु. ५०० गरी मासिक रु. १ हजार जम्मा गरिने बताईएको छ । शुक्रबार नै दुवै पक्षले सम्झौता पत्र एक अर्कालाई हस्तान्तरण गरेका थिए ।

सम्झौता हस्ताक्षर पश्चात बोल्दै नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले देशका सबै स्थानिय पालिकाहरुमध्ये यस्तो किसिमको योजना लागू गर्ने गोदावरी नगरपालिका पहिलो भएको बताए । उनले नागरिक पेन्सन योजना २०७६ सालबाट सुरु भएको बताए । उनले सो योजनामा कम्तिमा पनि मासिक ५०० देखी माथी जम्मा गर्न सकिने बताए । उनले नागरिक पेन्सन योजनाको मुख्य उद्देश्य स्वआर्जनमा बस्ने सबै व्यक्तिहरु सहभागि हुन सक्नु रहेको बताए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख विरेन्द्र भट्टले उक्त योजना करिब २ वर्ष अगाडी देखी नै आफूहरुले सञ्चालनमा ल्याउन खोजिरहेको बताउदै उनले नगरभित्रका १४२ जना नगरशिक्षकहरुलाई सो योजनाले सहज हुने बताए । उनले यस्ता किसीमका योजनाहरुले केही हदसम्म भएपनि कर्मचारी र नगरशिक्षकहरुलाई राहत मिल्ने बताए । नगरपालिकाले सो योजनाका लागि वार्षिक ३० लाख रुपैया छुट्याएको नगरप्रमुख भट्टले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin