धनगढीको वार्ड नं १३ मा रहेकाे राना युथ क्लव सरसफाई अभियान गरेको छ। क्लवले अभियान अन्तर्गत राजपुर चौराहा देखि पश्चिम ५०० मी वरिपरिको क्षेत्रमा सरसफाई गरेको हो ।
सरसफाई कार्यक्रमका लागि आवश्यक मास्क र पन्जा वर्षा कलेक्सन हाउस ले सहयोग गरेको क्लवका अध्यक्ष प्रकाश रानाले बताए । अभियानमा क्लबका सदस्य, महिला स्वयम् सेबिका, स्थानिय महिला , सामाजिक प्रचालिका कौशल्या अवस्थी लगायत को उपस्थिति थियो।