३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक गम्भीर घाइते

खबर सम्बाददाता २१ बैशाख २०८२, आईतवार
कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक गम्भीर घाइते

कञ्चनपुरमा श्रीमान र श्रीमती चट्याङमा परेका छन् । चट्याङमा परेर श्रीमतीको ज्यान गएको छ । भने, श्रीमान भने, गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नाउब उपरीक्षक सागर बोहराका अनुसार जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका २४ वर्षीय लालमती रानाको ज्यान गएको छ । सँगै रहेका श्रीमान २८ वर्षीय रतन सिंह राना घाइते भएका छन् । आइतबार बिहान हावाहुरीसँगै परेको चट्याङमा राना दम्पति परेका हुन् ।

रतनलाई उपचारको लागि धनगढी ल्याइएको प्रहरी नायव उपरीक्षक बोहराले अक्षरल्याबलाई बताए ।

बगरमा लगाइएको तरकारी टिप्न राना दम्पति बगर बारीमा पुगेका थिए । लालमति गर्भवती समेत रहेको परिवारजनले बताएका छन् । घटनाले राना परिवारसँगै तिल्की बस्ती शोकमा डुबेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin