३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

नेपाल थारु संघ कैलालीको प्रथम जिल्ला अधिवेशन सम्पन्न ,३ जनाले गरे पार्टी प्रवेश

खबर सम्बाददाता २८ बैशाख २०८२, आईतवार
नेपाल थारु संघ कैलालीको प्रथम जिल्ला अधिवेशन सम्पन्न ,३ जनाले गरे पार्टी प्रवेश

धनगढी, २८ बैशाख  । नेपाली काँग्रेसको भातृ संगठन नेपाल थारु संघ कैलालीको प्रथम जिल्ला अधिवेशन कैलारी गाउँपालिकाको हसुलियामा बैशाख २७ गते सम्पन्न भएको छ । 

तदर्थ समितिका जिल्ला अध्यक्ष लक्ष्मी नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री माननीय उदय शमशेर राणा प्रमुख अतिथि रहेका थिए ।

उदघाटन शत्रमा सम्बोधन गर्दै उहाँ नेपाल थारु संघलाई राम्रो बनाउन आफु प्रतिवद्ध रहेको बताए । पार्टीमा आवद्ध रहेका थारु समुदायको नेतृत्वकर्ताहरुलाई सक्रिया बनाउनको लागि नेपाल थारु संघको स्थापना भएको बताउनु भयो।परशुनारायाण चौधरी र विजय कुमार गच्छदारको उदाहरण दिदै उहाँ पार्टीले थारु समुदायलाई नेतृत्वमा पु¥याएको बताउनु भयो । मुलुकमा पहिलो पार्टी रहेको नेपाली काँग्रेस र दोस्रो पार्टी नेकपा एमाले भएपनि नेकपा माओवादीके मौकाको फाइदा उठाउदै अस्थिर सरकारको भूमिका निर्वाह गरिरहेको कारण स्थिर सरकार बनाउन काँग्रेस–एमाले गठबन्धन गरेको उहाँले बताउनु भयो । यो सरकार २०८४ सालसम्म टिक्ने बताउदै संविधान संशोधन प्रक्रिया अगाडी बढाउने तर समानुपतिक सहभागिताको मुद्दा यथावत रहनेपनि बताउनु भयो । त्यसैगरी उहाँ नेपाल थारु संघको केन्द्रीय महाधिवेशन चाँडै हुने त्यसको टीकापुरलाई पनि हेरिएको बताउनु भयो । २०५६ सालतिर आफु नेपालगंजबाट भारत हुदै धनगढी आउनु परेको बताउदै अहिले धेरै विकास भएको र सुदूरपश्चिमको मुहार फेरिएको बताउनु भयो ।

उक्त कार्यक्रममा धनगढी उप-महानगरपालिका–७ का तीन जना स्थानीयवासीले नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका हुन । नेकपा एमाले पार्टी परित्याग गरि भौनी थरुनी र कुनै पार्टीमा नरहेकी शान्ति चौधरी , रेजु चौधरीले पार्टी प्रवेश गरेकी हुन । पार्टी प्रवेशगर्नेहरूलाई उदय शमशेर राणाले टिका र माला लगाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री राम जनम चौधरी , पुर्व मन्त्री डा. गोपाल दहित ,केन्द्रिय सदस्य योगेन्द्र चौधरी , प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा. जीवन राना, पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड, नेपाल थारु संघका केन्द्रीय अध्यक्ष शिवनारायण गुरौ महतो, कैलालीका सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्ट ,  संविधानसभा सदस्य बुद्धिसागर चौधरी, पार्टी उपसभापति खेमराज डगौराथारु, थारु संघका बाँकेका फुलराम  चौधरी, कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनार, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति प्रकाश शाह, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति रिता चौधरी, क्षेत्र नम्बर नम्बर ४ का क्षेत्रीय सभापति बसन्त रोकाय, क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति भीम पडाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

उदघाटन समारोहमा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष माया चौधरी र संचालन जिल्ला सचिव चुनीराम चौधरीले गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, प्रदेशसभा सदस्य तुल्सी देवकोटा, पार्टीका केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पूर्व महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि सदस्य, क्षेत्रीय सभापति, तरुण दलका केन्द्रीय सदस्य, थारु संघका केन्द्रीय सदस्य, नेपाल महिला संघका जिल्ला अध्यक्ष शारदा सुनाम, संघका पालिका अध्यक्षहरु, नेविसघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

प्रथम अधिवेशनले पुरानै कार्यसमितिलाई मान्यता दिएको छ । जसको अध्यक्षमा लक्ष्मीनारायण चौधरी, उपाध्यक्षमा मायाकुमारी चौधरी, सचिवमा चुन्नीराम चौधरी, सहसचिवमा दिनेशकुमार चौधरी र कोषाध्यक्षमा पार्वतीदेवी चौधरी रहेका छन ।  

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin