५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

निसर्ग हस्पिटलले मनायो विश्व नर्स दिवस र बुद्ध जयन्ती

खबर सम्बाददाता २९ बैशाख २०८२, सोमबार
निसर्ग हस्पिटलले मनायो विश्व नर्स दिवस र बुद्ध जयन्ती

धनगढीस्थित निसर्ग हस्पिटलले विश्व नर्स दिवस तथा बुद्ध जयन्ती विशेष कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। नर्सिङ पेशाप्रति सम्मान, प्रेरणा र जागरूकता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्त र विशिष्ट अतिथि मेडिकल डाइरेक्टर डा. मेराज आलम अन्सारी र सेती प्रादेशिक अस्पतालकी मेट्रोन शिमा शर्मा रहनुभएको थियो ।

निसर्ग हस्पिटलको नर्सिङ विभागद्वारा आयोजित कार्यक्रममा हस्पिटलका बिभिन्न वार्डमा कार्यरत नर्सहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमकी विशिष्ठ अतिथी सेती प्रादेशिक अस्पतालकी मेट्रोन शिमा शर्माले नर्स दिवसको महत्व, नर्सहरूको भूमिका र जिम्मेवारीका विषयमा जानकारीमूलक प्रस्तुति दिनुभएको थियो।

कार्यक्रममा लामो समयदेखि नर्सिङ सेवामा समर्पित व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्परा अनुसार, निसर्ग हस्पिटलकी नर्सिङ डाइरेक्टर मञ्जु केसी र सेती प्रादेशिक अस्पतालकी मेट्रोन शिमा शर्मालाई मायाको चिनो र दोसल्ला ओढाई सम्मान गरिएको थियो।

विश्वमा नर्सिङ सेवाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिंगेलको जन्मतिथि १२ मे लाई संसारभर विश्व नर्स डेको रुपमा मनाउन थालिएको हो । निसर्ग हस्पिटलले प्रत्येक वर्ष नियमित रूपमा नर्स दिवस मनाउँदै आएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin