५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

लालझाडीमा नीति, कार्यक्रम तथा वार्षिक बजेट निर्माण सम्बन्धी छलफल

खबर सम्बाददाता ३१ बैशाख २०८२, बुधबार
लालझाडीमा नीति, कार्यक्रम तथा वार्षिक बजेट निर्माण सम्बन्धी छलफल

कञ्चनपुरको लालझाडीमा आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि नीति, कार्यक्रम तथा वार्षिक बजेट निर्माणसम्बन्धी छलफल कार्यक्रम गरिएको छ । “सन्तुलित विकास एवम् दिगो पूर्वाधार; समृद्ध लालझाडीको आधार” भन्ने नाराका साथ लालझाडी गाउँपालिकाले बुधबार उक्त कार्यक्रम गरेको हो । लालझाडी गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा पालिकाका अध्यक्ष निर्मल रानाले उक्त छलफलबाट नयाँ नीति, कार्यक्रम तथा वार्षिक बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गर्नुभयो । उपाध्यक्ष सपना चौधरी रानाले आगामी वर्षको नीति, कार्यक्रम तथा वार्षिक बजेट केही फरक ढंगबाट बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा स्थानीय तहको सन्तुलित र दिगो विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिने तथा समावेशी योजना निर्माण गर्ने विषयमा गहन छलफल गरिएको छ । सहभागीहरूले विकास आयोजनाहरूमा समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनु भएको छ । स्थानीय तहको योजना, नीति निर्माण र बजेट तर्जुमा प्रक्रियामा सार्वजनिक सरोकार र सहभागिता अभिवृद्धि गर्न यस प्रकारका छलफल कार्यक्रमहरू प्रभावकारी हुने सहभागीहरूले विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा Nepal National Social Welfare Association (NNSWA), PESWAN, र Practical Action को सहकार्य एवं समन्वय रहेको थियो । सम्बन्धित संस्थाका प्रतिनिधिहरूले समेत कार्यक्रममा प्रस्तुतीकरण राख्नु भएको थियोे । कार्यक्रम समापनका क्रममा गाउँपालिका अध्यक्ष निर्मल रानाले विकास साझेदार संघसंस्थाहरूको सहयोग र सहकार्यले लालझाडीमा थुप्रै कार्यहरू गरिएको बताउनु भयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin