५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

गोदावरी – ९ को आगामी आर्थिक वर्षको बजेट सार्वजनिक, ९१ लाख विनियोजन

खबर सम्बाददाता ४ जेष्ठ २०८२, आईतवार
गोदावरी – ९ को आगामी आर्थिक वर्षको बजेट सार्वजनिक, ९१ लाख विनियोजन

कैलालीको गोदावरी नगरपालिका वडा नं ९ ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९१ लाख ३४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आईतवार वडा कार्यालयमा सम्पन्न नवौं वडा भेलाबाट बजेट सिलिङ सार्वजनिक गरिएको हो।

कार्यक्रम मा प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट , विशिष्ट अतिथि उप–प्रमुख शारदा देवी रोकाया र प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी सहभागी थिए। भेलामा वडाध्यक्ष रामलाल रानाले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएका योजनाहरू तथा प्रगतिको विवरण प्रस्तुत गर्दै आगामी वर्षका नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेका थिए।

नगरपालिकाबाट प्राप्त बजेट सिलिङअनुसार वडाले आगामी वर्षका लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको छ। आर्थिक विकासतर्फ १५ लाख, सामाजिक विकासतर्फ २२ लाख, भौतिक पूर्वाधार विकासका लागि ५० लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २० लाख र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकासतर्फ ४ लाख रुपैयाँ विनियोजन गरिएको हो।

वडाले चालु आर्थिक वर्षको वैशाख महिनाको अन्त्यसम्ममा ७ लाख ७६ हजार ५१२ रुपैयाँ बराबरको राजस्व संकलन गरेको जानकारी दिइएको छ।

वडा भेलामा वडा अध्यक्षहरू, स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, पत्रकार, महिला तथा युवाहरूको सक्रिय उपस्थिति रहेको थियो। भेलाले सर्वसाधारणको आवश्यकता र स्थानीय प्राथमिकता अनुसार योजना चयन गरी पारदर्शी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin