विश्व हिन्दु परिषद नेपालद्वारा आयोजित कृष्णपुर नगरपालिकाको सहयोगमा धार्मिक आस्थालाई प्रवर्द्धन गर्दै र भलमन्साहरुको इच्छालाई सम्मान गर्दै कृष्णपुर नगरपालिका ले पालिका भित्रका ८१ जना भलमन्सा तथा पधना लाई भारतको अयोध्यामा तिर्थ यात्रा भ्रमणको अवसर प्रदान गरेको छ । हिजो जेठ ५ गते एक विशेष समारोह बीच भलमन्सा तथा पधना लाई विदाई गरिएको थियो ।

नगरपालिकाका अनुसार गाउँमा अगुवा भएर गाउँकै सेवा गर्दै तिर्थ जाने इच्छा भए पनि विभिन्न कारणले जान नसकेका भलमन्सा लाई यो विशेष अवसर उपलब्ध गराइएको हो । आर्थिक अभाव, समय अभाव, वा अन्य व्यक्तिगत कारणले तिर्थ यात्रा गर्न नपाएका व्यक्तिहरुलाई धार्मिक स्थलहरूमा पु¥याउने योजना अन्तर्गत यस कार्यक्रमको आयोजना गरिएको हो ।
पालिकाले विदाई कार्यक्रमको आयोजना गरी भलमन्सा लाई बिधिवत् रूपमा खादा, फूलमाला र टीका लगाई बिदाई गरिएको थियो । उक्त भ्रमणमा कंचनपुर जिल्ला समन्वय समिती का उप-प्रमुख राम कुमारी राना , कृष्णपुर नगर उप–प्रमुख द्रोपती राना, कृष्ण्पुर ५ का वडा अध्यक्ष टेक पाण्डेय पनि सहभागी रहेका छन । कार्यक्रममा कर्मचारी ,समाजसेवी तथा स्थानीय अभिभावकहरुको विशेष उपस्थिति रहेको थियो ।

नगरपालिकाका प्रमुख हेम राज ओझाले कार्यक्रमको महत्वबारे प्रकाश पार्दै भने, “हाम्रा भलमन्सा ले जीवनभर समाज र परिवारका लागि धेरै योगदान दिनुभएको छ । यो तिर्थ यात्रा तिनै आमाबुवाहरूको सपना साकार पार्ने हाम्रो प्रयास हो ।“ उहाँका अनुसार तिर्थ यात्राको क्रममा भारत को अयोध्या श्रीराम भगबान को जन्म स्थान मा गरिने भएको छ।
यस विशेष कार्यक्रममा सहभागी भलमन्साहरु निकै उत्साहित देखिन्थे । कतिपयले जीवनभर तिर्थ यात्राको चाहना राखे पनि विभिन्न समस्याका कारण जान नसकेको अनुभव सुनाए । नगरपालिकाले हाम्रो लागि गरेको यो व्यवस्था अविस्मरणीय हुनेछ ।“
स्थानीय बासिन्दाहरुले पनि पालिकाको यो कदमको खुलेर प्रशंसा गरेका छन् । नगरपालिकाले भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।