६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

कैलालीमा पत्रकारिताको आडमा भइरहेका गलत क्रियाकलाप रोक्न प्रेस चौतारीको माग

खबर सम्बाददाता ८ जेष्ठ २०८२, बिहीबार
कैलालीमा पत्रकारिताको आडमा भइरहेका गलत क्रियाकलाप रोक्न प्रेस चौतारीको माग

प्रेस चौतारी नेपाल कैलालीले जिल्लामा पत्रकारिताको आडमा भइरहेको गैर पेशागत क्रियाकलाप रोक्न माग गरेको छ ।

पत्रकारको पेशागत हक, हित, सुरक्षा तथा प्रेस स्वतन्त्रताका पक्षमा निरन्तर वकालत गर्दै आइरहेको उल्लेख गर्र्दै प्रेस चौतारीले पछिल्लो समय कैलालीमा पत्रकारिताका नाममा भइरहेको केही गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ।

पत्रकार र सञ्चार माध्यमको नियमन गर्ने प्रेस काउन्सिल नेपालले बुधबार सार्वजनिक गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा उल्लेख गरिएका कैलालीसहितका केही जिल्लामा मिडियाको आवरणमा सरकारी कार्यालयमा गएर विज्ञापनको नाममा बार्गेनिङ गर्ने, धम्की दिने, अनाधिकृत कार्ड बनाएर गैरपेशागत क्रियाकलाप गर्ने, पत्रकार सम्मेलन गरिदिने भन्दै रकम असुली गर्नेजस्ता कार्यहरू बढ्दै गएको विषयप्रति चासो व्यक्त गरेको छ।

प्रेस चौतारीले यस्ता क्रियाकलापले जिल्लाको सम्पूर्ण पत्रकारिता क्षेत्रलाई नै बदनाम बनाउने खतरा रहेको भन्दै पेशागत मर्यादा पालन गर्दै व्यवसायिक पत्रकारिता गरिरहेका पत्रकारहरूको मनोभावनामा ठेस पुग्ने गरी गैरपेशागत गतिविधिमा संलग्नहरूको तत्काल पहिचान गर्न पत्रकार महासंघ कैलालीको ध्यानाकर्षण गराएको छ ।

प्रेस चौतारी कैलालीका अध्यक्ष जनक सिंह विष्टले महासंघका अध्यक्ष श्रवण देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै त्यस्ता व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

संगठनका अध्यक्ष र सचिव दिनेश विष्टले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र र प्रेस विज्ञप्तिमा गैर सञ्चार माध्यमको प्रयोग गरेर पत्रकारको उपमा दिएर अमर्यादित सामग्री सम्प्रेषण गरी समाजमा भ्रम फैलाउने कार्यमा संलग्नहरूको समेत पहिचान गरी कानुनी कारबाही गर्न पनि माग गरिएको छ ।

विज्ञप्तिमार्फत समेत जिल्लामा क्रियाशील सम्पूर्ण पत्रकारहरूलाई प्रेस आचारसंहिताभित्र रही मर्यादित, सभ्य र व्यवसायिक पत्रकारिता गर्न आग्रह गर्दै प्रेस चौतारीले पत्रकारिता पेशाको विश्वसनीयता र गरिमा जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएको छ।

नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवालाई ध्यानाकर्षण पत्र बुझाउन प्रेस चौतारीका अध्यक्ष विष्टसहित सचिव दिनेश विष्ट, सहसचिव ध्रुव ओझा, सदस्य पूर्णबहादुर साउद, दिनेश राना लगायतका नेताहरु महासंघ पुगेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin