६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

लालझाडीमा जूनियर ब्यूटिसियन तालिम सुरु

खबर सम्बाददाता ९ जेष्ठ २०८२, शुक्रबार
लालझाडीमा जूनियर ब्यूटिसियन तालिम सुरु

रोजगार प्रवर्द्धन तथा सीप विकासको उद्देश्यले लालझाडी गाउँपालिकामा जूनियर ब्यूटिसियन तालिम सुरु गरिएको छ । गाउँपालिकाको सभाहलमा बिहीबार एक कार्यक्रमका बीच तालिमको औपचारिक शुभारम्भ गरिएको हो । गाउँपालिकाको रोजगार सेवा केन्द्रद्वारा आयोजित तालिममा २० जना महिलाहरू सहभागी छन् ।

IMG_20250516_094533-1747368570.jpg

डेढ महिनासम्म सञ्चालन हुने तालिममा सहभागीहरूले १८० घण्टाको व्यावसायिक सीप सम्बन्धी ज्ञान हासिल गर्ने रोजगार सेवा केन्द्रका संयोजक केशव दत्त पन्तले बताउनु भयो । उहाँका अनुसार तालिम पश्चात सहभागीहरूले स्वरोजगारमा लाग्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

IMG_20250516_094551-1747368432.jpg

शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले सीपमूलक तालिमले महिला सशक्तिकरणमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका स्वरोजगारमुखी कार्यक्रमतर्फ अघि बढिरहेको छ । महिलाहरू सक्षम भए गाउँको समृद्धिमा टेवा पुग्छ ।”


उपाध्यक्ष सपना चौधरी रानाले तालिममा सहभागी महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै भन्नुभयो, “यो तालिम तपाईहरूको आत्मबल बढाउने माध्यम बन्नुपर्छ ।” प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कले सहभागीहरूलाई तालिमलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै तालिमपछिको रोजगारी वा व्यवसायमा सक्रिय हुन सुझाव दिनुभयो ।

गाउँपालिकाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष आशाराम रानाले सीप सिकाइका यस्ता कार्यक्रमहरूलाई दीर्घकालीन फाइदाका लागि निरन्तरता दिन आवश्यक रहेको धारणा राख्नुभयो ।

सहभागीहरूलाई अनुशासन र नियमितता अपनाएर तालिममा सहभागी हुन प्रशिक्षकले आह्वान गर्नुभएको छ । उक्त तालिमले स्थानीय महिलाहरूलाई सीप सिकाएर उहाँहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin