६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

गोदावरी–१२ मा दुर्व्यसनी र बालविवाह न्यूनीकरण सम्बन्धि २ दिने अभिमुखीकरण तालिम सुरु

खबर सम्बाददाता ९ जेष्ठ २०८२, शुक्रबार
गोदावरी–१२ मा दुर्व्यसनी र बालविवाह न्यूनीकरण सम्बन्धि २ दिने अभिमुखीकरण तालिम सुरु

गोदावरी नगरपालिका–१२ स्थित दुर्गा माध्यमिक विद्यालय, कोल्मुडा प्राङ्गणमा लागू औषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरणमा केन्द्रित दुई दिने अभिमुखीकरण तालिम सुरु भएको छ। तालिमको आयोजना अत्तरिया विकास मञ्च नेपालले इलाका प्रहरी कार्यालय मालाखेतीको सहकार्यमा गरेको हो।

कार्यक्रममा स्थानीय युवा, विद्यार्थी, अभिभावक, विद्यालयका प्रतिनिधि, शिक्षक तथा सामुदायिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिमको उद्घाटन गर्दै गोदावरी नगर प्रमुख बिरेन्द्र भट्टले सामाजिक विकृति र विसङ्गति विरुद्ध सामूहिक प्रयासको आवश्यकता औँल्याउँदै भने, “लागू औषध, मध्यपान र बालविवाहजस्ता समस्याले हाम्रो भविष्य निर्माण गर्ने पुस्तालाई नै संकटमा पारिरहेको छ। विद्यार्थी तथा युवालाई यस्ता कुलतबाट जोगाउनु हाम्रो सामूहिक जिम्मेवारी हो।”

नगर प्रमुख भट्टले गोदावरी नगरपालिका भित्र लागू औषधको पहुँच बढ्नुमा खुला सीमा तथा जनसंख्याको चाप प्रमुख कारण रहेको उल्लेख गरे। “कैलालीका १३ वटै पालिकाभन्दा पनि गोदावरीमा सीमावर्ती क्षेत्र खुल्ला भएकाले दुर्व्यसनको जोखिम बढी छ,” उनले भने।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin