५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

धनगढी–१८ मा ४० जनालाई मनोसामाजिक अपाङ्गता सहयक सामग्री वितरण तथा स्वास्थ्य चेकजाँच

खबर सम्बाददाता १५ जेष्ठ २०८२, बिहीबार
धनगढी–१८ मा ४० जनालाई मनोसामाजिक अपाङ्गता सहयक सामग्री वितरण तथा स्वास्थ्य चेकजाँच

धनगढी, जेष्ठ १५ — “स्वस्थ्य मन, सुखी जीवन!” भन्ने नाराका साथ धनगढी उप-महानगरपालिका वडा नं. १८ मा मनोसामाजिक अपाङ्गता स्वास्थ्य सम्बन्धी चेकजाँच तथा अपांगता सहयोग सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

कोशिश, कैलालीको आयोजनामा तथा धनगढी उपमहानगरपालिका वडा नं. १८ को सहकार्यमा सम्पन्न कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा. रामप्रसाद लामिछानेको टोलीद्वारा मनोसामाजिक अपाङ्गता स्वास्थ्य परीक्षण गरिनुका साथै मनोसामाजिक अपांगता भएका व्यक्तिहरुलाई आवश्यक सहयोग सामग्री पनि वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. १८ का अध्यक्ष भुवन रिजालले वडाबासीको समग्र स्वास्थ्यप्रति चासो व्यक्त गर्दै भने, “वडाबासीहरु शारीरिक मात्र होइन, मानसिक रूपमा पनि स्वस्थ रहनुपर्छ। स्वास्थ्य नै सुखी जीवनको आधार हो।”

कार्यक्रमका सभाध्यक्ष मनोज चौधरीले भने यो स्वास्थ्य कार्यक्रम धनगढीकै नमुना कार्यक्रम भएको उल्लेख गरे। उनले भने, “धेरै मानिसहरुले अझै पनि मनोसामाजिक अपाङ्गता समस्यालाई चिन्न सकेका छैनन् र सेवाबाट वञ्चित छन्। हामीले उनीहरूलाई पहिचान गरेर उपचारको पहुँच पुर्‍याउने प्रयास गरिरहेका छौं। कार्यक्रम मार्फत १–२ महिनाको औषधि पनि प्रकृति हेरेर वितरण गरिएको छ।” यश स्वास्थ्य कार्यक्रमबाट ४० जनाले सेवा लिएका हुन ।

कोशिश कैलालीले विगतका दिनहरुदेखि नै मनोसामाजिक अपांगता सम्बन्धी जनचेतना, पहिचान, उपचार तथा सामाजिक समावेशीताको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। यसपटकको कार्यक्रम पनि त्यसैको निरन्तरताको रुपमा सञ्चालन गरिएको हो।

कार्यक्रममा धनगढी-१८ का वडा सदस्य देव बहादुर बि.क , स्वास्थ्य शाखा प्रमुख डेपु राना , स्वास्थ्यकर्मी लगायत स्थानीय बासिन्दाहरुको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रमले मनोसामाजिक अपाङ्गता स्वास्थ्यप्रति समुदायको चासो र सचेतनाको संकेत गरेको आयोजकले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin