६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

लालझाडी गाँउपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

खबर सम्बाददाता २५ जेष्ठ २०८२, आईतवार
लालझाडी गाँउपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

लालझाडी  पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको राष्ट्रिय अभियान अन्तर्गत कञ्चनपुरका स्थानीय तहलाई लक्षित उमेर समूहका सबै बालबालिकाले नियमित रूपमा खोप सेवा प्राप्त गरिसकेको पुष्टि भएपछि आईतबार लालझाडी गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।लालझाडी पालिकामा आयोजित विशेष समारोहमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख एवं जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक दुर्गादत्त बोहराले गाउँपालिका अध्यक्ष निर्मल रानालाई प्रमाणपत्र हस्तान्तरण गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्पन्न घोषणा गर्नुभयो ।

कार्यक्रममा बोल्दै लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, समुदाय, वडा र पालिकाको ऐक्यबद्धताले मात्र यो सम्भव भएको बताउनुभयो।कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशी,लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजबहादुर सार्की, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा अध्यक्ष सुरेश सिंह धामी, स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप फोकल पर्सन जनकबहादुर कुँवर,स्थानीय जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा खोप अभियानमा योगदान पुर्याएका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूलाई सम्मानपत्र प्रदान गरी उत्साहजनक भूमिका निर्वाह गरेवापत कदर प्रदान गरिएको लालझाडी गाउँपालिका स्वास्थ्य शाखामा प्रमुख खगेन्द्र चौधरीले जानकारी दिनुभयो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin