पछिल्लो समयमा ट्राफिक नियमको उल्लंघन गरेकै कारण सडकमा सवारी दुर्घटना बढ्दै गएपछि राजपुरकाे स्थानीय क्लबले ट्राफिक नियमबारे सचेतनाका क्रियाकलाप गरेका छ। धनगढीकाे ६ लेन सडक खण्डमा सवारी दुर्घटना बढ्दै गएपछि स्थानीय राना युथ क्लब राजपुरले स्थायी ट्राफिक पोष्ट राजपुर सँग मिलेर ट्राफिक नियम बारेमा सचेतना फैलाउन थालेको हो।
प्रहरी हवलदार अम्वादत्त अवस्थी ले पटक पटक ट्राफिक नियमबारे जनचेतनाका क्रियाकलाप भईरहेको बताए। उनले भने, अहिले ट्राफिक नियमबारे चालक, स्थानीय र सरोकारवालासंग पटक पटक छलफल भईरहेको छ, तर पनि ट्राफिक नियमका बारेमा सबैलाइ जानकारी गराउन नसकेकाे बताए । स्थानीय अाफै यसमा जिम्मेवार भए काम गर्न सजिलाे हुने बताए ।
प्रहरी जवान मान सिं रानाले ट्राफिक नियम मिचेर सवारी दुर्घटना हुँदा उल्टै रिस, राग र पूर्वाग्राही देखाउदा तनाव हुँने गरेको बताए। उनले भने,ट्राफिक नियम मिचेर सडकमा हिड्ने जो सुकैलाई पनि कार्वाही हुनु पर्छ। क्षमता भन्दा बढी यात्रु नकोच्ने,तिव्र गतिमा सवारी नहाक्ने देखि सवारी चालक र स्थानीयले गर्नु पर्ने दायित्वका बारेमा सचेतना गर्दै आएको बताए ।
यसै छलफलका बीच राना युथ क्लब राजपुरले अस्थायी ट्राफिक पोष्ट राजपुर लाई सवारी साधन चेकजाच गर्न सजिलाे हाेस भनेर एक थान चेकिङ बाेर्ड सहयाेग गरेकाे क्लबका अध्यक्ष राम प्रकाश रानाले बताए ।