५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

प्रदेश स्तरीय २ दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न

खबर सम्बाददाता ३ असार २०८२, मंगलवार
प्रदेश स्तरीय २ दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न

सुदूरपश्चिम प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम कैलालीको खानीडाँडामा सम्पन्न भएको छ। असार २ गरे (सोमवार) देखि सुरु भएको तालिम ३ गते ( मंगलबार) २ दिने तालिम समापन गरिएको हो ।

खेलकुद विधालाई पत्रकारिता मार्फत उजागर गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्य र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको तालिममा विभिन्न मिडियामा कार्यरत ३० जना पत्रकारको सहभागिता रहेको थियो। दुई दिने तालिममा फुटबल, एथलेटिक्सको बारेमा प्रशिक्षण पत्रकार सिताराम ओझाले गरेका थिए भने क्रिकेट, भलिबलका बारेमा प्रशिक्षण पत्रकार नवराज पनेरुले गरेका थिए ।

 सुदुरपश्चिमको  पत्रकारिता ,खेलकुद र डिजिटल साक्षरताको अवसर ,चुनौती र सम्भावनाको बारेमा र AI को बारेमा जानकारी सहित प्रशिक्षण पत्रकार हरी जोशीले गरेका थिए ।

प्रशिक्षार्थीका रुपमा सहभागी भएका पत्रकार महेश बडुले यो तालिम आफुहरुलाई ठुलो सहयोग गरेको बताए । खेल विधा पत्रकारिताका लागि यो तालिम ज्यादै उपयोगी रहेको बडुले बताए। यस्तै तालिममा सहभागी रहेकी प्रशिक्षार्थी रक्षा बाग्चनले खेल क्षेत्रमा कलम चलाउन प्रेरित गरेको बताइन् ।

खेलकुद प्रत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदिप पाठकको अध्यक्षतामा सुरु भएको समापन समारोहमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव बैकुण्ठ पराजुली, नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवा, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका सदस्य कृत बहादुर विष्ट, पत्रकार दिपक उपाध्याय, खेलकुद पत्रकार मञ्चका पदाधिकारी र प्रशिक्षार्थीको सहभागितामा कार्यक्रम समापन गरिएको खेलकुद पत्रकार मञ्च कैलालीका सचिव विराज रोस्याराले जानकारी दिए।

खेलकुद विधामा कलम चलाउने पत्रकारका लागि तालिम उपयोगी रहेको सहभागीहरु भनाइ छ। खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदिप पाठकले समापन मन्तव्यमा यो तालिमलाई निरन्तरता दिने प्रतिवद्धता गरेका छन्। तालिम लिइ सके पछि सहभागीहरुले आफ्नो पत्रकारितामा खेल विधालाई लागु गर्न समेत सुझाव दिएका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin