५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

योग, ध्यान र दोहोरीको समिश्रणमा चैतन्य पाठशालाको अभिमुखीकरण कार्यक्रम सम्पन्न

खबर सम्बाददाता ७ असार २०८२, शनिबार
योग, ध्यान र दोहोरीको समिश्रणमा चैतन्य पाठशालाको अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनगढी, असार ७ – चैतन्य पाठशालाको आयोजनामा प्रेरणादायी तथा अभिमुखीकरणमूलक कार्यक्रम ‘योग, ध्यान, सङ्गीत र सहृदयताको सङ्गम’ शनिबार बिहान सफलतापूर्वक सम्पन्न भएको छ।

प्राकृतिक जीवनशैलीको प्रवर्द्धन तथा सकारात्मक सोच, संस्कार र स्वस्थ जीवनप्रति चेतना फैलाउने उद्देश्यसहित आयोजित कार्यक्रममा अभिभावक, विद्यार्थी तथा शिक्षाविद्हरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा योग, ध्यान, स्वस्थ जीवनशैली, सकारात्मक विचार, संस्कार र प्राकृतिक उपचार विषयमा गहन प्रस्तुति तथा अनुभव बाँडिएका थिए। कार्यक्रममा विशेष सत्रहरू सञ्चालन गरिएको थियो जसमा आयुर्वेदिक चिकित्सक डा. प्रीति ज्ञवाली र पतञ्जलि योग समिति सुदूरपश्चिम प्रदेशका वैद्य हेमन्तराज ओझा प्रमुख वक्ताको रूपमा उपस्थित रहे। उनीहरूले सङ्गीत, आयुर्वेद र योगमार्फत आत्म–संवेदनशीलता, सन्तुलित जीवनशैली र जीवनमा संस्कारको भूमिकाबारे उल्लेखनीय जानकारी प्रस्तुत गरे।

कार्यक्रमको विशेष आकर्षणमा राष्ट्रिय लोक तथा दोहोरी गायक बद्री पंगेनीको साङ्गीतिक प्रस्तुति रहेको थियो, जसले सहभागीहरूलाई भावनात्मक रूपमा जोडेको थियो।

विश्व सङ्गीत दिवस र विश्व योग दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रम बिहान ७ बजेबाट चैतन्य पाठशालाको फुटसल परिसरमा सुरु भएको थियो। कार्यक्रमको अध्यक्षता चैतन्य पाठशालाका अभिभावक–विद्यार्थी संघका अध्यक्ष ईश्वर गिरीले गरेका थिए।

कार्यक्रममा चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले संस्कारसहितको शिक्षाको आवश्यकता औंल्याउँदै यस्तो खालको कार्यक्रमले बालबालिकाको समग्र व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

कार्यक्रम अत्यन्तै उपयोगी, प्रेरणादायी र भावनात्मक रूपमा प्रभावकारी रहेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin