५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

लालझाडी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न, ४३ करोड ६५ लाखको बजेट पारित

खबर सम्बाददाता १० असार २०८२, मंगलवार
लालझाडी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न, ४३ करोड ६५ लाखको बजेट पारित


कञ्चनपुर — लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट पारित गर्दै १८औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ। सोमबार सम्पन्न अधिवेशन गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष निर्मल रानाको अध्यक्षतामा बसेको हो।


सभाले कूल रु. ४३ करोड ६५ लाख २२ हजारको अनुमानित बजेट सर्वसम्मत रूपमा पारित गरेको हो। उपाध्यक्ष सपना चौधरीले प्रस्तुत गर्नुभएको बजेट अनुसार रु. २३ करोड ९९ लाख २६ हजार चालू खर्चतर्फ र रु. १९ करोड ६५ लाख ९६ हजार पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।


चालू खर्च अन्तर्गत प्रशासनिक सञ्चालन, तलब–भत्ता, सेवा प्रवाह र कार्यक्रम व्यवस्थापन समेटिएको छ भने पूँजीगत खर्च पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक निर्माणलगायतका क्षेत्रमा केन्द्रित हुने जनाइएको छ।
वडागत बजेट विवरण
गाउँपालिकाका ६ वडाहरूमध्ये वडागत रूपमा निम्नानुसार बजेट विनियोजन गरिएको छ:
वडा नं. १ : रु. ५० लाख २२ हजार
वडा नं. २ : रु. ३४ लाख ७१ हजार
वडा नं. ३ : रु. ३६ लाख २१ हजार
वडा नं. ४ : रु. ५० लाख ३१ हजार
वडा नं. ५ : रु. ३४ लाख ३४ हजार
वडा नं. ६ : रु. ३२ लाख ७३ हजार
जम्मा वडागत बजेट रु. २ करोड ३८ लाख ५२ हजार रहेको छ।
जनप्रतिनिधिहरूका सुझाव र प्रतिबद्धता
गाउँसभामा छलफलका क्रममा जनप्रतिनिधिहरूले कृषिमा यान्त्रीकरण, विपद् व्यवस्थापन, शिक्षाको गुणस्तर सुधार, सडक मर्मत, स्वास्थ्य पहुँच, रोजगारी सिर्जना तथा महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिए।
अध्यक्ष रानाले अधुरा योजनाहरूलाई प्राथमिकता दिइने र समावेशी विकास, पारदर्शिता र जनसहभागितालाई नीतिमा मुख्य मानिएको बताउनुभयो।


अधिवेशनमा सहभागिता
सुदूरपश्चिम प्रदेशका कृषि मन्त्री वीरबहादुर थापा र अध्यक्ष रानाले संयुक्त रूपमा अधिवेशन उद्घाटन गर्नुभएको थियो। अधिवेशनमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकार, नागरिक समाज तथा सरोकारवालाको सक्रिय सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले जानकारी दिनुभयो।

१८औं गाउँसभा अधिवेशनको अवसरमा ७वटै स्वास्थ्य केन्द्रलाई सम्मान पनि गरिएको थियो। जसमा उत्कृष्ट ३ वटा स्वास्थ्य केन्द्रलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । प्रथम देखतभुली स्वास्थ्य केन्द्र नगद रु ७ हजार पुरस्कार , दोस्रो सिकलपट्टी जाई स्वास्थ्य केन्द्र नगद रु ६ हजार पुरस्कार र तेस्रो चानदेव स्वास्थ्य केन्द्र नगद रु ५ हजार पुरस्कार सहित सम्मान गरेको भनेर स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले जानकारी दिएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin