५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

विपद्को पूर्व तयारी र प्रतिकार्यका लागि उच्च सतर्क रहन मुख्यमन्त्रीको निर्देशन

खबर सम्बाददाता १० असार २०८२, मंगलवार
विपद्को पूर्व तयारी र प्रतिकार्यका लागि उच्च सतर्क रहन मुख्यमन्त्रीको निर्देशन


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सूरक्षा निकायका प्रमूख तथा मातहतका निकायलाई विपद\को समयमा उच्च सतर्क रहन निर्देशन दिनु भएको छ ।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको वर्षाजनित विपद् पूर्वानुमान तयारीको अवस्था र सहजिकरण सम्बन्धी बैठकमा मुख्यमन्त्री शाहले विपद्को पूर्व तयारी र प्रतिकार्यका लागि उच्च सतर्क रहन निर्देशन दिनु भएको हो ।
विपद्को भयाभह स्थिती आउन नदिनका वडास्तरबाटै जनप्रतिनिधीहरुसँग समन्वय गर्न, राहत तथा उद्धारका आवश्यक सामाग्री बन्दोबस्त गर्न र साझेदार संघ संस्थाको साझेदारीमा लाग्न मुख्यमन्त्री शाहले सचिबहरुलाई निर्देशन दिनुभयो ।

बैठकमा कैलाली र कञ्चनपूरका प्रमूख जिल्ला अधिकारी, प्रदेशस्थित सूरक्षा निकायमा प्रमूख र साझेदार संस्था नेपाल रेडक्रस सोसाईटी, यूएनडिपी र डब्लूएफपीका प्रतिनिधिहरुले विपद्ले यस आर्थिक वर्षमा पारेको प्रभाब, भएको क्षति गरिएको प्रयास र अबको पूर्व तयारीको अवस्था वारे जानकारी गराएका थिए । बैठकमा यस वर्ष सरदर वर्षा बढी हुने र जलवायू परिवर्तनका कारण सरदर तापक्रम बढ्ने बताईएको छ । वर्षाबाट कैलाली, कञ्चनपूर डोटी, डोटी, र अछाम जिल्ला बढी प्रभावित हुने र सरदर तापक्रमबाट अछाम र वाजुरा जिल्ला बढी प्रभावित हूने प्रक्ष्येपण गरिएको विवरण प्रस्तुत गरिएको थियो ।

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा बहादुर सार्की, प्रदेश प्रमुख सचिव डा. कमल प्रसाद पोखरेल, आन्तरिक मामिला तथा कानून मन्त्रालय सचिव, डा. बीरेन्द्र कुमार मिश्र, कैलालीका प्रमुख जिल्ला अधिकारी ई. गोगन बहादुर हमाल, कन्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नायव प्रहरी महानिरीक्षक, डम्बर बहादुर वि.क., सा.प्र.ना.म.नि प्रदीप कुमार पाल, अनुसन्धान निर्देशक नगेन्द्र प्रसाद दहाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय उपसचित्रब आमोद दाहाल, माहाकाली बेसीन कार्यालय, अत्तरियाका कार्यालय प्रमुख ई संजय कुमार शाह, प्रमूख सेनानी सूर्यकान्त घिमिरे, नेपाल रेडक्रस सोसाईटी प्रदेश अध्यक्ष दिल बहादुर बुढा, यूएनडिपी र डब्लूएफपीका प्रतिनिहरुको उपस्थिती रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin