५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

कृष्णपुर नगरपालिकाको १ अर्ब बढीको बजेट सार्वजनिक

खबर सम्बाददाता १० असार २०८२, मंगलवार
कृष्णपुर नगरपालिकाको १ अर्ब बढीको बजेट सार्वजनिक

कञ्चनपुर — कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब १ करोड ११ लाख ८२ हजार ४५१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। मंगलबार नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न १७औं नगरसभामा उपप्रमुख द्रोपती रानाले बजेट प्रस्तुत गरेकी हुन्।

प्रस्तावित बजेट अनुसार नगरपालिकाले आन्तरिक स्रोतबाट ८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। यस्तै, संघीय सरकारबाट वित्तीय समानीकरण शीर्षकअन्तर्गत १५ करोड ९९ लाख र संघीय राजस्व बाँडफाँडबाट १५ करोड ३० लाख ९३ हजार ४५१ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

प्रदेश सरकारबाट प्राप्त हुने बजेटमा १ करोड ४९ लाख १३ हजार रुपैयाँ प्रत्यक्ष सहयोगका रूपमा र ४७ लाख २१ हजार रुपैयाँ राजस्व बाँडफाँडमार्फत आउनेछ।

सामाजिक सुरक्षाका लागि मात्र २५ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसबाहेक संघीय ससर्त अनुदान २५ करोड १ लाख, प्रदेश ससर्त अनुदान १ करोड ९६ लाख ५५ हजार, संघीय समपूरक अनुदान ८३ लाख, प्रदेश समपूरक अनुदान २ करोड १० लाख, संघीय विशेष अनुदान ४ करोड ५५ लाख र प्रदेश विशेष अनुदान ४० लाख रुपैयाँको प्रावधान गरिएको छ।

नगरपालिकाले आय र व्यय बराबरी रहने गरी समतुल्य बजेट प्रस्तुत गरेको हो। बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी, खानेपानी र खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। नगर प्रमुख ओझाले नगरपालिकाको नीति तथा कार्यक्रम पनि सभामा प्रस्तुत गर्दै समावेशी विकास र जनमुखी सेवा प्रवाहमा जोड दिएको बताएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin