४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

पुनर्वास नगरपालिकाको ७५ करोड ७७ लाखको बजेट सार्वजनिक

खबर सम्बाददाता १० असार २०८२, मंगलवार
पुनर्वास नगरपालिकाको ७५ करोड ७७ लाखको बजेट सार्वजनिक

कञ्चनपुर, पुनर्वास — पुनर्वास नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु. ७५ करोड ७७ लाख १८ हजार ६१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख तोय प्रशाद शर्माको अध्यक्षतामा मंगलबार बसेको १७औं नगरसभामा उपप्रमुख भुलिया कुमारी रानाले नीति, कार्यक्रम, आर्थिक विधेयकसहित बजेट प्रस्तुत गरेकी हुन्।

कुल बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु. १४ करोड ९३ लाख, सशर्त अनुदानतर्फ रु. २८ करोड ६८ लाख, र राजस्व बाँडफाँडबाट रु. १२ करोड ७० लाख १३ हजार ६१ प्राप्त हुने अनुमान छ। त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ रु. १ करोड ४२ लाख ३ हजार, विशेष अनुदान रु. ४५ लाख, समपुरक अनुदान रु. ६९ लाख, र सवारी साधन कर बाँडफाँडबाट रु. ८५ लाख २ हजार प्राप्त हुनेछ। नगरपालिकाले आन्तरिक राजस्वबाट रु. ४ करोड ३० लाख र अनुमानित अल्या भई आउने रु. ९ करोडसहितका आन्तरिक आयको अनुमान गरेको छ।

नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। बजेटमा शिक्षा क्षेत्रका लागि रु. २ करोड, स्वास्थ्यका लागि रु. १ करोड, कृषि विकास शाखाका लागि रु. ८० लाख, र पशु विकास शाखाका लागि रु. ६० लाख विनियोजन गरिएको छ। हेफर इन्टरनेशनलसँगको सहकार्यमा कृषि तथा पशुमा आधारित युवा उद्यमशीलता कार्यक्रमका लागि थप रु. १ करोड छुट्याइएको छ। यसैगरी नगर स्तरीय योजनाका लागि रु. ४ करोड, क्रमिक रूपमा रहेका योजनाका लागि रु. ५ करोड ५० लाख, र समपुरक कोषका लागि रु. ५ करोड विनियोजन गरिएको छ। सामाजिक विकासतर्फ युवा तथा खेलकुदका लागि रु. २५ लाख र विपद् व्यवस्थापनका लागि रु. ४० लाख बजेट विनियोजन भएको छ। विनियोजन विधेयक अनुसार, नगर कार्यपालिकाले आवश्यकता अनुसार एक शीर्षकको कुल रकमको २५ प्रतिशतमा नबढ्ने गरी अर्को शीर्षकमा रकम सार्न सक्नेछ, तर सोभन्दा बढी रकम सार्न परेमा नगर सभाको स्वीकृति अनिवार्य हुनेछ भनेर बताए ।

पुनर्वास नगरपालिकाका ११ वडाहरूलाई निम्नानुसार रकम विनियोजन गरिएको छ:
वडा नं. १: रु. ५५ लाख
वडा नं. २: रु. ५० लाख
वडा नं. ३: रु. ४० लाख
वडा नं. ४: रु. ४० लाख
वडा नं. ५: रु. ५५ लाख
वडा नं. ६: रु. ४५ लाख
वडा नं. ७: रु. ४० लाख
वडा नं. ८: रु. ५० लाख
वडा नं. ९: रु. ५५ लाख
वडा नं.१०: रु. ४५ लाख
वडा नं.११: रु. ५५ लाख , जम्मा वडागत बजेट: रु. ५ करोड ३० लाख र चालु खर्चतर्फ: रु. ३३ लाख रहेको छ ।


नगर प्रमुख शर्माले नगरसभाबाट पढ्ना, भलमन्सा तथा बड्घर ऐन पारित भएको जानकारी दिए। उनले बजेटले आर्थिक-सामाजिक विकास, वन–वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, डिजिटल शासन प्रणाली, स्थानीय सुशासन र दिगो विकासका परियोजनामा प्राथमिकता दिएको बताए।


नगर सभामा नगरको प्रतीक चिन्ह पनि अनावरण गरिएको थियो र नगरको प्रतीक चिन्ह निर्माणकर्ता रमेश कुमार विश्वकर्मालाई रु. २०,००० नगद र प्रमाणपत्र ,भुमी प्रसाद तिवारी (उत्कृष्ट कर्मचारी), रामचन्द्र भट्टराई (समाजसेवी), र तेजबहादुर बोगटीलाई: रु. ५,००० नगद र प्रशंसा पत्र प्रदान गरेका हुन ।


नगर उपप्रमुख रानाले प्रस्तुत नीति तथा कार्यक्रममा प्राकृतिक तथा मानवीय विपद् व्यवस्थापन, र छिटो प्रतिफल दिने योजनाहरूमा केन्द्रित रहेर बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin