४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

लागुऔषधसहित धनगढीका दुई युवक पक्राउ

खबर सम्बाददाता ११ असार २०८२, बुधबार
लागुऔषधसहित धनगढीका दुई युवक  पक्राउ

धनगढीका दुई युवक लागुऔषधसहित पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट सोही ठाउँ बस्ने २८ वर्षीय धरम पाल पक्राउ परेका हुन्। पाललाई चेकजाँच गर्दा १ ग्राम ६२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित फेला पारी उक्त पदार्थ र उनलाई इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी गोदावरी नगरपालिका–८ बाट धनगढी उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय भक्तरानज राना पक्राउ परेका हुन्। रानालाई २ ग्राम १९० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin