४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

लालझाडीमा अध्यक्ष विशेष छात्रवृत्ति वितरण कार्यक्रम समपन्न , ८६ जना विद्यार्थीलाई ४ लाखभन्दा बढीको छात्रवृत्ति

खबर सम्बाददाता ११ असार २०८२, बुधबार
लालझाडीमा अध्यक्ष विशेष छात्रवृत्ति वितरण कार्यक्रम समपन्न , ८६ जना विद्यार्थीलाई ४ लाखभन्दा बढीको छात्रवृत्ति


कञ्चनपुर, लालझाडी — शिक्षा प्रवर्द्धन तथा विद्यार्थीलाई आर्थिक सहायताका लागि लालझाडी गाउँपालिकाले ‘अध्यक्ष विशेष छात्रवृत्ति वितरण कार्यक्रम’ अन्तर्गत ८६ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीका अनुसार छात्रवृत्ति वितरण तीन वर्गमा गरिएको हो।
सामान्य धारतर्फ स्नातक तहमा अध्ययनरत ७३ जना विद्यार्थीलाई प्रतिव्यक्ति ४ हजारका दरले छात्रवृत्ति वितरण गरिएको छ। अपाङ्गता भएका, कमलरी पृष्ठभूमिबाट आएका, वा आमा-बुबा नभएका प्राविधिक धारतर्फ डिप्लोमा तहमा अध्ययनरत १० जना विद्यार्थीलाई जनही ७ हजार रुपैयाँका दरले सहयोग गरिएको छ। स्नातक तहको प्राविधिक धारमा अध्ययनरत ३ जना विद्यार्थीलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ।जम्मा ४ लाख ७ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको हो बताए ।

छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले यो सहयोगलाई सकारात्मक रूपमा लिँदै आर्थिक बोझ कम गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन्। “सानो रकम भए पनि यो हामीजस्ता ग्रामीण क्षेत्रका विद्यार्थीका लागि ठूलो हौसला हो,” एक विद्यार्थीले बताए।

गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरी रानाले विकाससँगै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै छात्रवृत्ति वितरण गरिएको बताइन । “विद्यार्थीहरूको शिक्षा क्षेत्रमा लगाव बढोस् भन्ने उद्देश्यले हामीले यो कार्यक्रम अघि सारेका हौं,” उनले बताएकी हुन ।

गाउँपालिका अध्यक्ष निर्मल रानाले विद्यालय छाड्ने दर बढ्दै गएको र धेरै विद्यार्थी आर्थिक कारणले पढ्नबाट वञ्चित हुन थालेको अवस्थालाई मध्यनजर गर्दै छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको बताए। उनले भने, “तपाईंहरू नै लालझाडीको भविष्य हो। छात्रवृत्तिको सानो रकमले पनि ठूलो परिवर्तन सम्भव छ। यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ बताए ।”

कार्यक्रमले गाउँपालिकाका विद्यार्थीहरूलाई प्रोत्साहन गर्नुका साथै शिक्षा क्षेत्रप्रति समुदायको चासो र सहभागिता अभिवृद्धि गर्ने विश्वास गरिएको छ। उक्त कार्यक्रम शिक्षा शाखा अधिकृत सिद्धराज भट्ट ले संचालन गरेका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin