४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

लालझाडीमा सामाजिक कुरिती, भेदभाव र हिंसा न्यूनीकरणका सनचेतना अभियान

खबर सम्बाददाता ११ असार २०८२, बुधबार
लालझाडीमा सामाजिक कुरिती, भेदभाव र हिंसा न्यूनीकरणका सनचेतना अभियान

लालझाडी, कंचनपुर — महिला तथा बालबालिका शाखा, लालझाडी गाउँपालिकाको आयोजनामा जनचेतनामूलक कार्यक्रम अन्तर्गत ‘जुना’ नामक टेलि चलचित्र विभिन्न विद्यालयमा प्रदर्शन गरिएको छ।

उक्त कार्यक्रममार्फत महिला, बालबालिका तथा अपाङ्गता सम्बन्धी सामाजिक कुरिती, भेदभाव र हिंसा न्यूनीकरणका सन्देशहरू विद्यार्थीमाझ प्रभावकारी ढंगले प्रस्तुत गरिएको थियो। चलचित्र हेरेपछि विद्यार्थीहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै यस्ता कार्यक्रमले सामाजिक सोचमा परिवर्तन ल्याउन सहयोग पुग्ने बताएका थिए।

महिला तथा बालबालिका शाखाका प्रतिनिधि सरिता रानाका अनुसार भानु मा.वि. ,शारदा मा.वि. र रामेश्वर मा.वि. मा ‘जुना’ चलचित्र देखाईसकेका छौ । “हामीले लालझाडी गाँउपालिकाका प्रत्येक विद्यालयमा पुगेर ‘जुना’ चलचित्र देखाउने छौं, जसको उद्देश्य समाजमा विद्यमान लैङ्गिक हिंसा, बालश्रम, अपाङ्गता प्रतिको विभेदजस्ता समस्याबारे सचेतना फैलाउनु हो।”उक्त कार्यक्रमले स्थानीय तहमा विद्यालयस्तरमै चेतनाको वातावरण सिर्जना गरेको छ भने समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin