४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

“साक्षर सुदुरपश्चिम प्रदेश” को रूपमा मुख्यमन्त्रीले गरे औपचारिक घोषणा

खबर सम्बाददाता १२ असार २०८२, बिहीबार
“साक्षर सुदुरपश्चिम प्रदेश” को रूपमा मुख्यमन्त्रीले गरे औपचारिक घोषणा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले
सुदुरपश्चिम प्रदेशलाई “साक्षर सुदुरपश्चिम प्रदेश” को रूपमा औपचारिक घोषणा गर्नु भएको छ ।


सामाजिक विकास मन्त्रालयले बिहिबार धनगढीमा आयोजना गरेको “साक्षर सुदूरपश्चिम प्रदेश” घोषणा सभा समारोहमा मुख्यमन्त्री शाहले घोषणा गर्नुभएको हो।

घोषणासभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले विश्व अहिले सूचना, प्रविधि र वैज्ञानिक युगमा प्रवेश गरिसकेकाले सोही अनुसारको शिक्षा लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुदूरपश्चिमको शैक्षिक स्थिति उजागर गर्नका लागि प्रदेश सरकार लागि परेको बताउनु भयो ।

८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा यो निर्णय लिइएको हो । प्रतिबेदनमा १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू साक्षर भइसकेको तथ्यांक रहेको छ ।


यसअघि सुदुरपश्चिमका सबै ९ जिल्लाहरू क्रमशः साक्षर जिल्ला घोषित भइसकेका थिए। सुदुरपश्चिम यो उपलब्धि हासिल गर्ने चौथो प्रदेश बनेको छ, यसअघि बाग्मती, गण्डकी र कोशी प्रदेश साक्षर घोषित भइसकेका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin