२ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

कञ्चनपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

खबर सम्बाददाता २० असार २०८२, शुक्रबार
कञ्चनपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

१५ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खडकाले बिहिवार कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता भएको घोषणा गर्नुभयो । खोप अभियानलाई पूर्णता दिइनुपर्ने र खोपबाट कोही पनि बञ्चित हुन नपर्ने मन्त्री खड्काले बताए ।

जिल्लामा २ सय २९ जना नियमित खोप लगाउन छुटेकालाई पनि खोप लगाएर जिल्लामा २३ हजार ९३ जना बालबालिकाले पूर्ण खोप पाएका छन् । राष्ट्रिय खोप तालिकाअनुसार १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरेपछि पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका संयोजक दुर्गादत्त बोहराले बताए ।

यस वर्ष जेठ २३ गते बेदकोट नगरपालिकाबाट पूर्ण खोप सुनिश्चितता घोषणा गरी लाललाझाँडी गाउँपालिका , पुर्नवास, दोधारा चादँनी नगरपालिका हुँदै असार ६ गते भीमदत्त नगरपालिकामा पुगी नौं वटै पालिका घोषणा सकिएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकास जोशीले बताए । जिल्लामा १ सय ६८ खोप केन्द्रबाट बालबालिकाहरुलाई खोप लगाइएको उनले बताए ।

घोषणासँगै कार्यक्रमका सहभागीहरूले पूर्णखोप सुनिश्चतता तथा दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत गरेका थिए । यस्तै, जिल्लालाई पूर्ण खोपयुक्त गर्ने अभियानमा सहयोग गरेको भन्दै खोप समन्वय समितिले उत्कृष्ट ९ जना स्वाथ्य कर्मीहरुलाई सम्मान गरेको छ । जिल्लाका नां वटै पालिकाबाट उत्कृष्ट खोप कार्यकतालाई प्रसंशा पत्रसहित जनही पाँच हजारका दरले पुरस्कार प्रदान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार, स्वास्थ्यकर्मी गोमति कुवर धामी, माधवि साउद, डिलेश्वरि अवस्थी, देवकी अवस्थी, महेश तीवारी, बिनिता बोहरा, कल्पना थापा, सिता कुमारी राना र रुपा खत्रीलाई प्रमाणपत्र र नगदसहित सम्मानित गरिएको छ ।

यस वर्ष कञ्चनपुर सुदूरपश्चिममा तेस्रो पूर्ण खोप युक्त जिल्ला हो । सुदूरपश्चिम प्रदेशको डोटी र बाजुरालाई पूर्ण खोप घोषणा भएपछि कञ्चनपुरलाई पनि बिहिवार पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin