४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

भानु मावि मा स्वयंसेविकाका छोराछोरीलाई प्रविधिक शिक्षा नि:शुल्क पढाउने निर्णय

खबर सम्बाददाता २० असार २०८२, शुक्रबार
भानु मावि मा स्वयंसेविकाका छोराछोरीलाई प्रविधिक शिक्षा नि:शुल्क पढाउने निर्णय

कञ्चनपुर — लालझाडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयले समुदायमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाका छोराछोरीलाई कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ प्रविधिक धारतर्फ नि:शुल्क अध्यापन गराउने निर्णय गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको २०८२ असार १८ गते बसेको बैठकले निर्णय नं ३ अन्तर्गत कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ अध्ययनका लागि शुल्क नलिने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रानाले बताएका हुन । उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाहरूले गाउँपालिका भरि स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिएकाले उनीहरूका छोराछोरीलाई प्रोत्साहन स्वरूप यो व्यवस्था गरिएको हो।

भानु माध्यमिक विद्यालयले यसअघि पनि साधारण धारतर्फ कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई मासिक शुल्क नलिई अध्यापन गर्दै आएको छ । नयाँ निर्णयले प्राविधिक शिक्षामा समेत पहुँच वृद्धि हुने विद्यालयको विश्वास छ।

अध्यक्ष रानाले भने, “यस लालझाडी गाँउपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरू गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा अग्रपङ्तिमा रहेर काम गर्दै आएका छन् । उनीहरूको योगदानलाई सम्मान गर्दै उनीहरूका छोराछोरीलाई गुणस्तरीय प्राविधिक शिक्षा नि:शुल्क उपलब्ध गराउने हाम्रो प्रयास हो।”

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin