४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कैलाली-५ बाट राष्ट्रिय युवा संसदमा पनेरु निर्वाचित

खबर सम्बाददाता २१ असार २०८२, शनिबार
कैलाली-५ बाट राष्ट्रिय युवा संसदमा पनेरु निर्वाचित

राष्ट्रिय युवा संसद २०८२ मा सुदूरपश्चिम प्रदेशको कैलाली क्षेत्र नम्बर ५ बाट चन्द्रकान्त पनेरु विजयी भएका छन्। युवा नेतृत्व र सामाजिक सक्रियतामा सधैं अग्रणी भूमिका निर्वाह गर्दै आएका पनेरुलाई राष्ट्रिय युवा संसदमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको छ।

ग्लोबल युथ पार्लियामेन्टको आयोजनामा सञ्चालन हुने यस संसदमा देशभरिबाट युवा प्रतिनिधिहरू निर्वाचित गराएको छ । यसमा चन्द्रकान्त पनेरु पनि कैलालीको क्षेत्र नं ५ बाट असार १५ गते भएको अनलाइन भोटिङबाट बहुतले विजयी भएका छन्।

पनेरु विजयसँगै कैलाली मात्र नभई सम्पूर्ण सुदूरपश्चिमका युवाहरूको आवाज राष्ट्रिय स्तरमा पुग्ने अपेक्षा गरिएको छ।

नयाँ सोच, सकरात्मक परिवर्तन र नेतृत्व क्षमताका साथ अघि बढिरहेका पनेरुले युवाका समस्यालाई संसदमार्फत उठाउने प्रतिवद्धता जनाएका छन्।

राष्ट्रिय युवा संसद युवा नेतृत्व विकास, नीति निर्माणमा युवा सहभागिता र सशक्त आवाजको प्लेटफर्मको रूपमा स्थापित हुँदै आएको छ। युवा संसदको कार्यकाल आगामी २ बर्ष सम्म रहने छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin