३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

धनगढी उपमहानगरले गर्‍यो दुई स्वास्थ्य स्वयंसेविकालाई जनही एक लाखसहित सम्मान

खबर सम्बाददाता २२ असार २०८२, आईतवार
धनगढी उपमहानगरले गर्‍यो दुई स्वास्थ्य स्वयंसेविकालाई जनही एक लाखसहित सम्मान

कैलालीकाे धनगढी उपमहानगरपालिकाले दुई जना सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई जनही एक लाखसहित सम्मानित गर्दै बिदाइ गरेको छ।

पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा आइतवार स्वयं सेविकाहरूलाई सम्मानित गरिएको हो।

धनगढी-५ मा २०५९ सालदेखि महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकाको रुपमा कार्यरत तारा देवी शर्माले उमेरहदका कारण पदबाट राजीनामा दिएकी हुन्। शर्माले ६० वर्ष पुगेकाले आमा समूहबाट राजिनामा स्वीकृत गरी सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिससहित आवश्यक कागजात पेश भएकाले महिला सामुदायिक स्वास्थ्य स्वंय सेविका कार्यक्रम सञ्चालन कार्यविधि, २०८० को दफा १० बमोजिम एक लाख नगदसहित सम्मानजनक बिदाइ गरिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए।

यस्तै, वडा नम्बर २ का महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका जया शर्माले पनि अवकाश लिएकी छन्।

यसैगरि धनगढी उपमहानगरपालिकालाई पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।

२०८१ फागुनदेखि २०८२ बैशाखसम्म गरिएको घरधुरी सर्वेक्षणको नतिजाको आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। घर धुरी सर्वेक्षण गर्दा धनगढी उपमहानगरपालिका भित्र १६ देखि ५९ महिनासम्मका बालबालिका संख्या ८ हजार २१० रहेकोमा यी मध्ये कुनै पनि खोप नलगाएका बालबालिका ५ र ड्रप आउट भएका ५९जना जनालाई १५ महिनासम्मको उमेरभित्र पाउनुपर्ने सम्पूर्ण खोप लगाएर पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको शाखा प्रमुख अवस्थीले बताए।

सम्पूर्ण बालबालिकाले खोप पाएको सुनिश्चितता गरिएपछि प्रत्येक वडालाइ पूर्ण खोप सुनिश्चतता र दिगोपना प्रमाण पत्र प्रदान गरिएको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin