४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

लालझाडी : देखतभुली स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

खबर सम्बाददाता २३ असार २०८२, सोमबार
लालझाडी : देखतभुली स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–५ स्थित देखतभुली स्वास्थ्य चौकी जिल्लाकै पहिलो ‘पोषणमैत्री संस्था’ को रूपमा घोषणा गरिएको छ । असार २३ गते सोमबार घोषणा कार्यक्रमका बीच देखतभुली स्वास्थ्य चौकी पोषणमैत्रीको रूपमा घोषणा गरिएको हो।

स्वास्थ्य सेवा सुधार, मातृ तथा शिशु पोषणमा पहुँच अभिवृद्धि, र स्थानीय समुदायमा पोषणप्रति चेतना फैलाउने उद्देश्यका साथ देखतभुली स्वास्थ्य चौकीले उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

१६ मध्ये १५ सूचकमा सफलता पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका २०७९ अनुसार कुल १६ वटा सूचक तय गरिएको छ, जसको आधारमा कुनै पनि स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गरिन्छ। देखतभुली स्वास्थ्य चौकीले तीमध्ये १५ वटा सूचकमा सफलता प्राप्त गर्दै औसतमा ९० प्रतिशतभन्दा बढी उपलब्धि हासिल गरेको जनाएको छ।

स्वास्थ्य चौकीले मातृ र नवजात स्वास्थ्य सेवा, स्तनपान प्रवर्द्धन, पोषणसम्बन्धी परामर्श सेवा, बालबालिकाको वृद्धि निगरानी, पोषण शिक्षासम्बन्धी कार्यक्रम तथा नियमित पोषण मूल्यांकन लगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेको छ।

स्वास्थ्य चौकीका प्रमुखले जनाएका अनुसार यस उपलब्धिमा स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, समुदायस्तरका संघ–संस्था र आम नागरिकको सहभागिता महत्वपूर्ण रहेको छ। पोषणका क्षेत्रमा देखिएको सक्रियता र प्रतिबद्धता नै संस्थालाई पोषणमैत्री बनाउने आधार भएको उनले बताए ।

घोषणासँगै देखतभुली स्वास्थ्य चौकीले अब पोषणमैत्री अभ्यासलाई थप मजबुत बनाउने र अन्य स्वास्थ्य संस्थालाई पनि प्रेरणा दिने लक्ष्य लिएको छ। स्वास्थ्य चौकीले आफ्नो अनुभव अन्य स्थानीय तहका स्वास्थ्य संस्थाहरूसँग साझा गर्ने तयारी रहेको छ।

उक्त घोषणा कार्यक्रममा लालझाडी गाँउपालिकाका अध्यक्ष निर्मल राना , उपाध्यक्ष सपना चौधरी राना , लालझाडी-५ का वडा अध्यक्ष पहल बहादुर थापा , स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी लगायत जनप्रतिनिधि ,स्वास्थ्य्कर्मी ,बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin