३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

देवरिया सामुदायिक वनद्वारा ३०० बढी वृक्षारोपण, उपभोक्तालाई नि:शुल्क बिरुवा वितरण

खबर सम्बाददाता २८ असार २०८२, शनिबार
देवरिया सामुदायिक वनद्वारा ३०० बढी वृक्षारोपण, उपभोक्तालाई नि:शुल्क बिरुवा वितरण

“वन-जंगल संरक्षण, गाउँघर हरियाली : स्वस्थ जीवन सबैको जिम्मेवारी” भन्ने मूल नाराका साथ धनगढी उपमहानगरपालिका–७ स्थित देवरिया सामुदायिक वन उपभोक्ता समूहले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

समूहको आयोजना र सव-डिभिजन वन कार्यालय, धनगढीको सहकार्यमा सम्पन्न कार्यक्रममा सामुदायिक वनको १ नम्बर प्लटमा अगरुढ, शितलचिनी, बकैनो, निम, मसला, अमरुत, कागती, विरेन्द्र फूल, स्वामी फूल, टेक्मा फूल, तेजपात, च्युरी लगायतका ३०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् । साथै गाउँटोललाई हरियाली बनाउन ७०० भन्दा बढी बिरुवा उपभोक्ता सदस्यलाई निःशुल्क वितरण गरिएको समूहले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सव-डिभिजन वन कार्यालय धनगढीका प्रमुख किशोर कुमार धामीले वृक्षारोपणले वनको हरियाली मात्र नभई सामुदायिक वनको अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउने बताएका छन् । “वृक्षारोपणले वनबाट आम्दानी बढाउनुका साथै उपभोक्ताहरूको जीवनस्तर उकास्न सहयोग पुर्‍याउनेछ,” उनले भने ।

देवरिया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भागिराम चौधरीले उपभोक्ता सदस्यकै घर आँगनमा बकैनो, स्याउला जस्ता घाँस हुर्किँदा वन क्षेत्रमा पर्ने दवाव घट्ने बताए । उनले भने, “वन-जंगलको संरक्षणसँगै समुदायको आवश्यकतासमेत पूरा गर्न असार १५ गतेको बैठकले उपभोक्तालाई दाहसंस्कारका लागि निःशुल्क दाउरा उपलब्ध गराउने निर्णय गरेको छौं ।”

वृक्षारोपण कार्यक्रममा सरस्वती माविका प्रधानाध्यापक ज्ञानेन्द्र शाह, जखौर बाबा युवा क्लबका अध्यक्ष पृथ्वी राना, शिव माविका अध्यक्ष एकम क्षेडाल, डिभिजन वन कार्यालयका कर्मचारी, देवरिया सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा उपभोक्ता सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले वृक्षारोपण गर्नुपर्छ ,वृक्षारोपणलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin