३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कञ्चनपुरमा छाउ गोठमा सुत्न लागेकी कमलाको सर्पले टोकेर मृत्यु

खबर सम्बाददाता २९ असार २०८२, आईतवार
कञ्चनपुरमा छाउ गोठमा सुत्न लागेकी कमलाको सर्पले टोकेर मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीमा छाउपडी गोठमा सुत्न लागेकी एक महिलाको सर्प दंशबाट मृत्यु भएको छ ।

शनिबार राति करिब ८ बजेको समयमा करेत जातको विषालु सर्पले टोकेपछि २८ वर्षीया कमला दमाईको अकालमै मृत्यु भएको हो । स्थानीय युवा सुचित्र सिंहका अनुसार महिनावारी भएको बेला कमला छाउपडीको अभ्यास स्वरूप छिमेकीको घरछेउमा रहेको छाउगोठमा सुत्न गएकी थिइन् ।

त्यहाँ सुत्न लागेको बेलामा सर्पले गालामा टोकेपछि तत्कालै उनलाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

कमला दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी थिइन् । परिवारको पक्की घर भएतापनि रुढीवादी परम्पराका कारण उनी छिमेकीको घरछेउमा बनाइएको छाउ गोठमा बस्न बाध्य भएकी थिइन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin