४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढीमा एयरफाेन चाेरीकाे निहुँमा हत्या, दुईजना पक्राउ

खबर सम्बाददाता ३ श्रावण २०८२, शनिबार
धनगढीमा एयरफाेन चाेरीकाे निहुँमा हत्या, दुईजना पक्राउ

धनगढीमा एयरफोन चोरी गरेको निहुँमा कुटपिट गरि एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–१४ फूलबारी बस्ने ३५ वर्षीय गणेश गिरीको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मृतकका भान्जा १८ वर्षीय प्रदीप बोहरा र मृतककै सहदोर भाई ३३ वर्षीय पदम गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।

सिंहकाअनुसार २८ असारको राति पक्राउ परेका मध्ये मृतकका भान्जा बोहराले मृतककै घरमा आफ्नो एयरफोन चोरी गरेको भन्दै कुटपिट गरेको खुलेको छ ।

कुटपिटबाट घाइते भएका गणेश गिरीको ३० असारमा मृत्यु भएको थियो । मृतकका परिवारले परम्पराअनुसार उनको शव खाल्डोमा गाडेर अन्त्येष्टि गरेका थिए ।

बिहीबार गिरीको भान्जाबाटै हत्या भएको खबर पुगेपछि कैलाली प्रहरीले गिरीको शव गाडिएको स्थानबाट उत्खनन् गरेको थियो ।

शव उत्खनन् गरेर कुटपिट गर्ने बोहरा र घटनामा मतियारको भूमिका खेलेका भन्दै मृतककै सहोदर भाईलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ। पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin