४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कृष्णपुर–९ पचढकीमा गाउँको पहिचान बढाउने प्रवेशद्वारमा स्वागत साइनबोर्ड स्थापना

खबर सम्बाददाता ४ श्रावण २०८२, आईतवार
कृष्णपुर–९ पचढकीमा गाउँको पहिचान बढाउने प्रवेशद्वारमा स्वागत साइनबोर्ड स्थापना


कञ्चनपुर, कृष्णपुर नगरपालिका वडा नं ९ स्थित पचढकी गाउँको सौन्दर्य र पहिचान अभिवृद्धिका लागि पचढकी युवा क्लबले गाउँको प्रवेशद्वारमा स्वागत साइनबोर्ड स्थापना गरेको छ।

गाउँ आउन–जान गर्ने आगन्तुकहरूलाई सजिलै स्थान पहिचान गर्न सघाउने उद्देश्यले साइनबोर्ड राखिएको छ । “गाउँलाई व्यवस्थित, सफा र पहिचानयुक्त बनाउने हाम्रो अभियान जारी छ।” पछिल्ला दिनमा क्लबले सरसफाइ, वृक्षारोपण, सार्वजनिक स्थानमा बत्ती जडान लगायतका कार्य गर्दै आएको क्लबका सदस्य नरेन्द्र रानाले जानकारी दिएका हुन।

युवाहरु लागू औषधमा आकर्षित नहुने ,गाउँ पहिचान गराउन र समाजमा भएका विकृति न्यूनीकरण गराउने क्लबको मुख्य उद्देश्य रहेको छ । स्थानीयस्तरमै युवाहरूको नेतृत्वमा यस्ता सकारात्मक कार्यहरूले समुदायमा एकता र प्रेरणा दिने विश्वास पनि गरिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin