३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

धनगढीमा आगलागीबाट आठवटा सटर जलेर नष्ट

खबर सम्बाददाता ५ श्रावण २०८२, सोमबार
धनगढीमा आगलागीबाट आठवटा सटर जलेर नष्ट

कैलालीको धनगढीमा आगलागीबाट आठवटा सटरमा क्षति भएको छ।

धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकका सटरमा अचानक विद्युत तार सर्ट भइ आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट विश्वप्रकाश कँडेलले सञ्चालनगरेको हेलेन ट्रेड एण्ड सप्लायर्सको चार वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलको तीन वटा सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टमा क्षति भएको छ।आइतवार राति पौने ११ बजेतिर लागेको आगो दमकल, सुरक्षाकर्मी, स्थानीयको सहयोगमा राति १२ बजे नियन्त्रणमा लिइएको थियो।

आगो नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक बालनरसिंह राणाको कमाण्डमा नेपाल प्रहरीको ४५ जनाको टोली, सहायक प्रहरी निरीक्षण सरोज खतिवडाको कमाण्डमा सशस्त्र प्रहरीको २५ जनाको टोली खटेको जिल्ला प्रहरी कार्यालयका गणेश नाथले जानकारी दिए। आगो नियन्त्रणका लागि धनगढी उपमहानगरपालिकाको दुई र गोदावरी नगरपालिकाको एक वटा दमकल प्रयोग गरिएको थियो। आगलागीबाट सटरमा रहेका सामान जलेर खरानी भएका छन्। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin