३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कृष्णपुर-७ मा रानाथारु तिज कार्यक्रम सम्पन्न , लागू औषध विरुद्ध चेतना फैलाउने प्रयास

खबर सम्बाददाता ६ श्रावण २०८२, मंगलवार
कृष्णपुर-७ मा रानाथारु तिज कार्यक्रम सम्पन्न , लागू औषध विरुद्ध चेतना फैलाउने प्रयास

कृष्णपुर, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नं ७ स्थित कलुवापुरको अगलीपट्टीमा रहेको गाँउटोल सुधार समितिको आयोजनामा रानाथारु समुदायको तिज डोला उद्घाटन तथा सांस्कृतिक कार्यक्रम श्रावण ६ गते भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमको सभाध्यक्षता लाल सिंह रानाले गरेका थिए भने प्रमुख अतिथि नगर उप-प्रमुख द्रोपती राना रहनुभएको थियो। कार्यक्रममा ,७ नं का वडाध्यक्ष घुम्मन राना , उग्रतारा सा.व.उ.स का अध्यक्ष मदन राना ,समाजसेवी हरि बहादुर गैराल , जनप्रतिनिधि, भलमन्सा , समाजसेवी ,बुद्धिजीवी , शिक्षक , स्थानीय बासिन्दा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा रानाथारु समुदायका चर्चित कलाकार रामदेव रानाको साँगीतिक प्रस्तुति, रानाथारु परम्परागत नृत्य, तथा लागू औषधविरुद्धको जनचेतनामूलक नाटक प्रस्तुत गरिएको थियो। प्रस्तुतिहरूले मनोरञ्जनसाथै सामाजिक सन्देश पनि प्रवाह गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उप-प्रमुख द्रोपती रानाले समुदायको शिक्षा, संस्कृतिक संरक्षण र लागू औषध नियन्त्रणका क्षेत्रमा नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। उहाँले भन्नुभयो, “युवाहरूले आजैदेखि लागू औषधको लत त्याग्नुपर्छ, र हाम्रो सांस्कृतिक पहिचान जोगाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ।”

वडा नं ७ का अध्यक्ष घुम्मन रानाले समुदायमा लागू औषध समस्या गम्भीर बन्दै गएकाले गाउँ टोलस्तरमै सचेतना फैलाएर सामूहिक प्रयास गर्नुपर्ने धारणा राख्नुभयो। साथै, उहाँले युवापुस्ताले पुर्खाबाट सिको लिई संस्कृति जगेर्नामा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा रानाथारु परम्परा अनुसार तिजमा पकाइने विशेष परिकारहरू सिमही ,पुरी, पकौडी , गुलगुला , लगायतका परिकार अतिथिहरूलाई प्रसाद स्वरूप प्रदान गरिएको थियो, जसले कार्यक्रममा सहभागिता जनाउने सबैलाई आत्मीयता र अपनत्वको अनुभव गराएको थियो ।

कलुवापुरको अगलीपट्टीमा आयोजित यस कार्यक्रमले रानाथारु समुदायको सांस्कृतिक पहिचानलाई संरक्षण गर्नुका साथै सामाजिक कुरीतिहरूविरुद्ध चेतना फैलाउने सार्थक प्रयास गरेको स्थानीयले बताएका छन्।
गाउँटोल सुधार समितिका अनुसार आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई नियमित रूपमा आयोजना गरी समाज रूपान्तरणमा योगदान पुर्‍याउने छ भनेर आयोजकले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin