३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

अब धनगढीमा वडाको गतिविधी नगरप्रमुखको कार्यकक्षबाट अवलोकन गर्न सकिने

खबर सम्बाददाता १४ फाल्गुन २०७७, शुक्रबार
अब धनगढीमा वडाको गतिविधी नगरप्रमुखको कार्यकक्षबाट अवलोकन गर्न सकिने

धनगढी उप–महानगरपालिका वडा कार्यालयहरुको गतिविधीहरु नगरप्रमुखको
कार्यकक्षबाट अवलोकन गर्न सकिने ब्यबस्था गरिएको छ ।
उप–महानगरपालिकाका १९ वटै वडा कार्यालयमा सम्पादन भैरहेका कामहरु,
सेवाग्राहीले सेवा लिईरहेको अवस्था नगरप्रमुखको कार्यकक्षमा जडान गरिएको
कम्प्युटर स्क्रीनमा देख्न सकिने ब्यबस्था मिलाईएको छ । धनगढी
उप–महानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले संचार तथा सूचना प्रविधीका क्षेत्रमा
उल्लेखिय प्रगती भएको बताए । वडाबाट सम्पादन गरिने कामको
उप–महानगरपालिकाबाट नै अनुगमन गर्न सकिने भएको छ नगरप्रमुख वडले
बताए ‘ योजनाहरुको नागरिक तहबाट अवलोकन गर्न सल्लाह सुझाव दिनका लागि
आईएमएस धनगढी एप संचालनमा ल्याएका छौं ।’


धनगढी उप–महानगरपालिकाले डिजिटल सरकारको अवधारणालाई सम्पूर्ण रुपमा
आत्मसाथ गरेर अगाडी बढेको नगरप्रमुख वडले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin