४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढीमा ४३ औं बी .पी स्मृति दिवस

खबर सम्बाददाता ६ श्रावण २०८२, मंगलवार
धनगढीमा ४३ औं बी .पी स्मृति दिवस

नेपाली कांग्रेसका संस्थापक नेता बी.पी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस कैलालीले धनगढीमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

धनगढीस्थित बी.पी स्मृति भवनमा “राष्ट्रियता, लोकतन्त्र र समाजवाद” विषयक अन्तरसम्वाद कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीको आयोजनामा सम्पन्न भएको हो। समन्वय कांग्रेस क्षेत्र नं ५ क्षेत्रीय कार्यसमिति र धनगढी नगर कार्यसमितिले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय नेता रणबहादुर रावल रहेका थिए। उनले बी.पी कोइरालालाई नेपाली मात्र नभई विश्वले चिनेको नेता भन्दै उनका सिद्धान्तहरू आज पनि सान्दर्भिक रहेको बताए। “पार्टीभित्र रहेका कमजोरी र गुटबन्दीको अन्त्य गरी बीपीको विचारमा एकजुट हुनुपर्छ,” रावलले भने।

कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य नृप बहादुर वड , डा. जीवन राना, जिल्ला सचिवहरू नृपबहादुर सुनार र केशव मिश्र, क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति भीम पडाल लगायत नेताहरूले बी.पी कोइरालाको योगदानको चर्चा गर्दै बी.पीको मार्गदर्शनअनुसार संगठन सुदृढ बनाउनुपर्नेमा जोड दिए।

नेताहरूले पार्टीभित्रको अहंकार र गुटबन्दी अन्त्य गर्दै सिद्धान्तमा आधारित एकजुट संगठन निर्माण गर्नुपर्ने साझा धारणा व्यक्त गरे।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin