३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

बेलौरी–७ मा रानाथारु तिज मिलन कार्यक्रम सम्पन्न

खबर सम्बाददाता ९ श्रावण २०८२, शुक्रबार
बेलौरी–७ मा रानाथारु तिज मिलन कार्यक्रम सम्पन्न

कञ्चनपुरको बेलौरी नगरपालिका–७, गणेशपुरमा रानाथारु समुदायको मौलिक पर्व सावनको डोला तथा तिज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । रानाथारु चाडपर्व, संस्कृति तथा हकहित संरक्षण समितिको आयोजनामा तथा ७ नं वडा कार्यालयको सह–आयोजनामा सम्पन्न उक्त कार्यक्रमले समुदायको सांस्कृतिक पहिचान झल्काएको छ।

कार्यक्रममा सभाध्यक्षता पुरन रानाले गरेका थिए भने प्रमुख आतिथ्य वडा नं. ७ का अध्यक्ष प्रकाश श्रेष्ठले गरेका थिए। कार्यक्रममा कार्यपालिका सदस्य तथा वडा सदस्य बिन्द्रावती राना,वडा सदस्य कमान चौधरी, देशु चौधरी, तुलसी शर्मा, नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं. १ की महासमिति सदस्य राधिका जोशी, नगर पधना तथा भलमन्सा समितिकी उपाध्यक्ष बिन्दु राना, वडाका कर्मचारी, शिक्षक, बुद्धिजीवी, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि श्रेष्ठले भने, “हाम्रो पहिचान भनेकै हाम्रो कला , संस्कृति र पहिरनले परिचित गराउने गर्दछ, त्यसैले वडाबाट सबैभन्दा पहिले रानाथारु तथा अन्य समुदायलाई लक्षित गरी पोशाक सिलाइ तालिम संचालन गरेका थियौं । विकासको मेरुदण्ड भनेकै जनताको साथ र सहभागिता हो।त्यसैले विकास निर्माण कार्यमा जनताको सहयोग आवस्यक छ । संस्कृति संरक्षणका लागि वडा कार्यालयले प्रत्येक वर्ष बजेटसमेत विनियोजन गर्दै आएको बताए ।”

अन्य वक्ताहरूले आफ्नो संस्कृति आफैंले संरक्षण गर्नु पर्नेमा जोड दिँदै, नयाँ पुस्तालाई परम्परा हस्तान्तरण गर्ने महत्व रहेको बताए ।

कार्यक्रममा रानाथारु महिलाहरूले परम्परागत तिज गीत गाएर त्यहाको वातावरण झनै सांस्कृतिकमय बनेको थियो । रानाथारु तिजको विशेषता स्वरूप तयार गरिएका पकवान परिकारहरू पनि अतिथिहरूले स्वादपूर्वक ग्रहण गरेका थिए। कार्यक्रम सञ्चालन अन्तराम रानाले गरेका थिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin