१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

गेटा मेडिकल कलेजको पछाडी एक जनाको शव भेटियो

खबर सम्बाददाता १५ फाल्गुन २०७७, शनिबार
गेटा मेडिकल कलेजको पछाडी एक जनाको शव भेटियो

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं ५ गेटीमा एक जना मृत फेला परेका छन् । गेटा आखाँ अस्पताल अगाडी पसल संचालन गर्दै आएका सोही ठाउँ बस्ने ३६ बर्षिय शिवचरण राना  मृत अबस्थमा फेला परेका हुन् ।

राति पसलमै सुतेका उनी बिहान घर जाने क्रममा बाटोमा हत्या गरिएको अबस्थामा मृत फेला परेको वडा नं ५ का वडा अध्यक्ष कर्ण सिंह बोहराले जानकारी दिए ।

उनको टाउकोमा खुकुरी प्रहार गरि हत्या गरेको जस्तो देखिएको उनले बताए । हत्या कसले र किन गरेको भन्ने बारे खुलेको छैन ।

यद्धपी यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । यसअघि रानाको पसलमा आगालागी समेत भएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin