४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढी–१३ राजपुरमा रानाथारु तिज विशेष कार्यक्रम सम्पन्न

खबर सम्बाददाता १० श्रावण २०८२, शनिबार
धनगढी–१३ राजपुरमा रानाथारु तिज विशेष कार्यक्रम सम्पन्न

धनगढी, कैलाली – धनगढी उप–महानगरपालिका वडा नं १३ स्थित राजपुरमा रानाथारु तिज विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम राना युथ क्लबको आयोजनामा, राजपुर टोल विकास समितिको सहकार्यमा र १३ नं वडा कार्यालयको सहयोगमा सम्पन्न भएको हो ।क्लबका उपाध्यक्ष मदन रानाको अध्यक्षता तथा १३ सदस्य हिरालाल रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजपुरका भलमन्सा भोजराम राना, समाजसेवी शिवनारायण राना, बुद्धिजीवी तथा स्थानीयको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हिरालाल रानाले सुशासनयुक्त समाज निर्माणका लागि सम्पूर्ण अभिभावक, समाजसेवी तथा युवाहरूको भूमिका आवश्यक रहेको उल्लेख गरे। उनले भने, “लागूपदार्थको बढ्दो प्रकोपका बीच हाम्रा बालबालिकाहरूको अवस्थाबारे हामी सजग हुन जरुरी छ। हाम्रो पहिचान, भाषा र संस्कृति जोगाउन वडा कार्यालयबाट निरन्तर सहयोग रहनेछ।”

कार्यक्रममा स्थानीय कलाकारहरूले मौलिक रानाथारु तिज गीतहरू प्रस्तुत गरिन । रानाथारु समुदायको मौलिक पर्वको संरक्षण तथा युवा पुस्तालाई संस्कृति प्रतिको माया जगाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले राजपुरको सांस्कृतिक र सामाजिक एकतालाई अझ मजबुत बनाएको सहभागीहरूको धारणा रहेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin