४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

लालझाडी ३ रानाथारु तीज विशेष कार्यक्रम सम्पन्न

खबर सम्बाददाता १० श्रावण २०८२, शनिबार
लालझाडी ३ रानाथारु तीज विशेष कार्यक्रम सम्पन्न

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ३, पर्सियामा भव्य रानाथारु तीज विशेष कार्यक्रम २०८२ कार्यक्रम रानाथारु तीज कार्यक्रम तथा भलमन्सा समितिको आयोजनामा तथा लालझाडी गाउँपालिका वडा नं ३को सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रमका सभाध्यक्ष रानाथारु तीज कार्यक्रम तथा भलमन्सा समितिका अध्यक्ष वीरेन्द्र राना , प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, विशिष्ठ अतिथिमा वडा नं ३ का वडा अध्यक्ष टिकाराम डगौरा, नेपाल रानाथारु समाजका केन्द्रीय उपाध्यक्ष डिठ्ठा राना, वडा सदस्य मोहन सिंह बड़ाएक लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा सदस्य शान्ति राना, भलमन्सा रत्ती राना, फूल सिंह राना, मेघनाथ राना, विभिन्न सामुदायिक वनका अध्यक्षहरू, स्थानीय समाजसेवी तथा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले रानाथारु समुदायको मौलिक संस्कृति संरक्षण र परम्परागत मान्यताको पुनःस्थापना गर्ने विषयमा जोड दिएका थिए।

सांस्कृतिक प्रस्तुतिहरू, परम्परागत तीज गीत तथा नृत्यले कार्यक्रममा उत्साहजनक वातावरण सिर्जना गरेको थियो।

कार्यक्रमको समापनमा आयोजक समिति तथा स्थानीय जनप्रतिनिधिहरूले आगामी दिनमा अझ व्यवस्थित र व्यापक कार्यक्रमहरू मार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाएका थिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin