३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

कनरीमा गुरिया/गुरही असरैना कार्यक्रम सम्पन्न

खबर सम्बाददाता १३ श्रावण २०८२, मंगलवार
कनरीमा गुरिया/गुरही असरैना कार्यक्रम सम्पन्न

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं १५ स्थित कनरीमा टोल विकास समिति तथा कनरी गाउँ समाजको आयोजनामा भव्य रूपमा गुरिया/गुरही असरैना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम भिखु राम चौधरीको सभाध्यक्षता र वडा नं १५ का अध्यक्ष सुखदेव रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा धनगढी-१८ का वडा अध्यक्ष भुवन रिजाल, कार्यपालिका सदस्य सुष्मा चौधरी, भलमन्सा, शिक्षक, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि वडा अध्यक्ष रानाले गुरिया/गुरही पर्वको सांस्कृतिक महत्त्वलाई मनन गर्दै भविष्यमा यस कार्यक्रमको लागि वडाबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।

विशिष्ट अतिथि रिजालले थारु समुदायको ऐतिहासिक र समृद्ध सांस्कृतिक विरासतको संरक्षण तथा अनुसन्धानमा राज्यले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमस्थललाई ‘गुरिया मिलन चौक’ को रुपमा नामाकरण गरिएको छ। कार्यपालिका सदस्य सुष्मा चौधरीले अबदेखि कनरी गाउँका गुरिया/गुरही कार्यक्रम यही चौकमा मनाइने जानकारी दिइन्।

समाजसेवी र बुद्धिजीवी रतिराम चौधरीले गुरही–गुरियाको सांस्कृतिक र सामाजिक महत्त्वबारे प्रकाश पारे। कार्यक्रममा स्थानीय कलाकारहरूबाट विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरियो। कार्यक्रमको स्वागत मन्तव्य पूर्व भलमन्सा असरानी चौधरीले दिएकी थिइन् भने सञ्चालन करिश्मा चौधरीले गरेकी थिइन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin