१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

“हरियो वडा अभियान” अन्तर्गत धनगढी–५ मा १५ हजार विरुवा वितरण

खबर सम्बाददाता ३१ श्रावण २०८२, शनिबार
“हरियो वडा अभियान” अन्तर्गत धनगढी–५ मा १५ हजार विरुवा वितरण

धनगढी उप-महानगरपालिका वडा नं ५ ले श्री कृष्ण जन्म अष्टमीको अवसरमा “हरियो वडा अभियान” अन्तर्गत वडाबासीलाई १५ हजार बोट विरुवा वितरण गरेको छ । मोरिङ्गा, आँपसहित विभिन्न जातका बोट विरुवा वितरण गर्दै वडाले वातावरण संरक्षण र हरियाली विकासतर्फ महत्वपूर्ण कदम चालेको हो।

कार्यक्रममा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थ राज पन्त, धार्मीक अभियन्ता नरेन्द्र शाह, सुदुरपश्चिमका सर्वोत्कृष्ट रक्तदाता दिपक उपाध्याय र सरसफाइ अभियन्ता लोक बहादुर खड्का लाई ५ नं वडाले विशेष सम्मान समेत गरेको थियो।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष गजेन्द्र विक्रम शाहीले गरेका थिए। कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय नारायण दत्त भट्ट प्रमुख अतिथि रहेका थिए भने धनगढी उप-महानगरपालिकाका निवर्तमान प्रमुख नृप बहादुर वड, प्रदेश नीति योजना आयोगका सदस्य नृप सुनार, कुण्डा सब-डिभिजन वन प्रमुख दिनेश यादव,वनस्पति कार्यालयका प्रतिनिधि ,जनप्रतिनिधि , विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यार्थी तथा वडाबासीको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टले वातावरण संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै भने, “हामी जीवित रहनका लागि वृक्षारोपण गर्नैपर्छ। जलवायु परिवर्तनका कारण यस क्षेत्रमा खानेपानीका धारा समेत सुक्न थालेका छन्। यस्ता उदाहरणीय कार्य अन्य वडाले पनि अनुकरण गर्नुपर्छ।”

वडाले थालेको “हरियो वडा अभियान” मार्फत वडा नं ५ लाई हराभरा, स्वच्छ र दिगो विकासतर्फ उन्मुख बनाउने लक्ष्य लिइएको यसमा टोल विकास र विद्यालयको सहकार्यमा हरियो वडा अभियान कार्यक्रम सम्पन्न भएको भनेर आयोजकले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin