२ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय: संघर्ष समितिद्वारा ज्ञापन–पत्र, मुख्यमन्त्रीले छिटो सञ्चालन गर्ने प्रतिबद्धता

खबर सम्बाददाता २ भाद्र २०८२, सोमबार
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय: संघर्ष समितिद्वारा ज्ञापन–पत्र, मुख्यमन्त्रीले छिटो सञ्चालन गर्ने प्रतिबद्धता

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विशेष ज्ञापन–पत्र बुझाएको छ।

समितिका संयोजक लोकराज पाण्डेय (आगो), सह-संयोजक आनन्दप्रसाद भट्ट र सचिव धर्मसिंह कुँवरको नेतृत्वमा पुगेको टोलीले २०८२ भदौ २ गते मुख्यमन्त्रीलाई ज्ञापन–पत्र बुझाउँदै विश्वविद्यालयको कार्यान्वयन तत्काल अघि बढाउन आग्रह गरेको हो।

ज्ञापन–पत्रमा भनिएको छ,

“प्रतिनिधि सभाबाट पारित र राष्ट्रपतिबाट प्रमाणित भई कार्यान्वयनमा आइसकेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन अनुसार विश्वविद्यालय सभा गठन र पदाधिकारी नियुक्ति कार्य अझै अघि बढ्न सकेको छैन। यो विश्वविद्यालयले रोजगारी, व्यवसाय, पर्यटन र आर्थिक रुपान्तरणमा ठुलो योगदान पुर्याउने भएकाले यसलाई यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता छ।”

समितिले यसै आर्थिक वर्षभित्र एमबीबीएस तहका लागि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्नुपर्ने, ६०० शैयाको अस्पताल योजना अन्तर्गत तत्काल कम्तीमा ३०० शैयाको अस्पताल सञ्चालनमा ल्याउनुपर्ने, आवश्यक बजेट, जनशक्ति र उपकरण व्यवस्थापनमा प्रदेश सरकारले पहल गर्नुपर्ने माग राखेको छ।
मुख्यमन्त्री शाहले ज्ञापन–पत्र ग्रहण गर्दै आफू विश्वविद्यालय सञ्चालनका पक्षमा प्रतिबद्ध रहेको बताए। उनले भने,

“शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय केवल सुदूरपश्चिमकै नभई सम्पूर्ण देशकै गौरव हो। यसको छिटो सञ्चालनका लागि प्रदेश सरकार आवश्यक समन्वय र पहल गर्न तयार छ। यहाँका जनताले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा पाउन ढिला हुन दिइने छैन।”

मुख्यमन्त्रीले केन्द्र सरकारसँग निरन्तर संवाद गरेर पदाधिकारी नियुक्ति, बजेट तथा संरचना व्यवस्थापनमा गतिशीलता ल्याउने आश्वासन दिएका छन्।

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि संघर्ष समितिले ऐनअनुसार विश्वविद्यालय सभा गठन र पदाधिकारी नियुक्त गर्नुपर्ने र विश्वविद्यालयले रोजगारी, व्यवसाय, पर्यटन र आर्थिक रूपान्तरणमा ठूलो योगदान पुर्‍याउने भएकाले यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग राखेर ज्ञापन पत्र बुझाएका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin