३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

बडिमालिका पूर्वाधार विकास तथा प्रबर्द्धन सम्बन्धी कार्ययोजना तयार गर्न कार्यदल गठन गरिने

खबर सम्बाददाता ४ भाद्र २०८२, बुधबार
बडिमालिका पूर्वाधार विकास तथा प्रबर्द्धन सम्बन्धी कार्ययोजना तयार गर्न कार्यदल गठन गरिने


बडिमालिका पूर्वाधार विकास तथा प्रबर्द्धन सम्बन्धी कार्ययोजना तयार गर्न कार्यदल गठन गरिने भएको छ ।
बुधबार सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आतिथ्यमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको बडिमालिका क्षेत्रको पर्यटन विकासका क्रियाकलापहरुको आगामी कार्यदिशा सम्बन्धी छलफल भएको थियो । छलफलमा बडिमालिका पूर्वाधार विकास तथा प्रबर्द्धन सम्बन्धमा हालसम्म भएका कार्यको अध्ययन र समीक्षा गर्ने र बडिमालिका विकास/प्रबर्द्धनका लागि तत्काल र दीर्घकालमा गरिने कार्यहरुको कार्ययोजना तयार गर्न कार्यदल गठन गरिने जानकारी दिइएको हो ।


यसअघि मुख्यमन्त्री शाहले बडिमालिका सुदूरपश्चिमको धार्मिक आस्थाको केन्द्रविन्दु र पर्यटकीय हिसाबले भूस्वर्ग रहेकोले बडिमालिका मन्दिर क्षेत्रमा प्राविधिक टोली खटाई अन्य संरचना निर्माणको थालनी गर्न उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयलाइ निर्देशन दिइसक्नु भएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin