धनगढी उप–महानगरपालिका–१३ ले तीज विशेष कार्यक्रमका अवसरमा आफ्नै वडाका ६ जना महिलालाई सम्मान गरेको छ।
वडामा आयोजना गरिएको कार्यक्रममा कृषि, उद्यमशीलता, समाजसेवा तथा लोपोन्मुख कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने महिलालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको हो।

सम्मानित हुने महिला कल्पना भट्ट दृष्टि फाउन्डेसनकि सञ्चालिका , सरस्वती धामी कला नृत्य ,भागरथी खत्री , उर्मीला चौधरी , पवित्रा थापा , उद्धमशिलता क्षेत्रमा , सरस्वती सुनार कृषि क्षेत्रमा ,लक्ष्मी मल्ल व्युटिसियन क्षेत्रमा
वडा अध्यक्ष विजय राज जोशीका अनुसार वडाले समाजमा प्रेरणादायी काम गर्ने महिलालाई सार्वजनिक रुपमा सम्मान गरेर अझ हौसला दिन चाहेको हो।
“महिलाले गरेका योगदानलाई उचित सम्मान र कदर गर्ने हाम्रो उद्देश्य हो,” हामीले वडाका विभिन्न व्यक्तिहरुलाई अगामी वर्ष पनि योगदान गरेका महिलालाई सम्मान गर्ने छौ भनेर वडा अध्यक्ष जोशीले बताए।

कार्यक्रम तीजको सांस्कृतिक महत्व झल्काउने विविध प्रस्तुति तथा सामूहिक भोज सहित सम्पन्न भएको कार्यक्रममा जनप्रतिनिधि लगायत वडाबासीहरुको उपस्थिति रहेको थियो ।