३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

आ.व. ०८१/८२ मा देवहरिया वनस्पति उद्यानले २४ लाख राजस्व संकलन

खबर सम्बाददाता ६ भाद्र २०८२, शुक्रबार
आ.व. ०८१/८२ मा देवहरिया वनस्पति उद्यानले २४ लाख राजस्व संकलन

धनगढी उपमहानगरपालिका–७ स्थित देवहरिया वनस्पति उद्यानले २४ लाख ५४ हजार ६७५ राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०८१।८२ मा उद्यानभित्र अवलोकन गर्न आउने आन्तरिक पर्यटकवाट सो राजस्व संकलन गरेको हो ।

२४ हजार ९ सय विद्यार्थी,४ हजार ४४७ जना १० बर्ष मुनिका बालबालिका, १ लाख १३ हजार ९ सय जना १० बर्ष माथिका र १७९ ज्येष्ठनागरिक गरी जम्मा १ लाख ४३ हजार ४२६ जना आन्तरिक पर्यटकले उद्यानको अवलोकन गरेको वनस्पति अनुसन्धान केन्द्र कैलालीका सूचना अधिकारी सुवेक्षा शर्माले जानकारी दिइन् ।

संकलित राजस्वमा दुईवटा म्युजिक भिडियो छायांकन शुल्कसहित जोडिएको उनले बताइन् । ५ बर्षसम्म र सो भन्दा माथिकोलाई १० रुपैयाँ,१० बर्ष माथिकालाई २०,ज्येष्ठ नागरिकलाई ५ र विद्यार्थीका लागि १० रुपैयाँ टिकटको व्यवस्था गरिएको उनले बताइन् ।


अवलोकन गर्न आउने पर्यटकका लागि नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको सूचनाको आधारमा टिकट मूल्यको व्यवस्था गरिएअनुसार नै लिने गरेको उनको भनाइ छ ।

राजपत्रमा बाह्य पर्यटकका लागि छुट्टै टिकटको व्यवस्था नहुनुले बाह्य पर्यटकको यकिन तथ्याङ्क नहुने उनले बताइन् । उनीहरुको हकमा पनि आन्तरिक पर्यटक जस्तै टिकटको व्यवस्था गरेको उनले बताइन् । ‘बाह्य पर्यटकका लागि अलग टिकटको व्यवस्था गरिएको भए कति जना बाह्य पर्यटक यहाँ अवलोकन गर्न आए भन्ने कुरा थाहा हुने थियो’ उनले भनिन् ‘तर सोको व्यवस्था नहुँदा यकिन तथ्याङक कार्यालयलाई जानकारी हुँदैन ।’

त्यस्तै,अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा २५ लाख ५ हजार राजस्व संकलन भएको उनले बताइन् ।

जडिबुटी अध्ययन अनुसन्धानका लागि विद्यार्थी
बिएससीमा अध्ययन गर्ने विद्यार्थीहरु जडिबुटीको अध्ययन अनुसन्धान गर्न उद्यानमा आउने गरेको कार्यालयका हेड फिल्ड असिष्टेन्ट कृष्णबहादुर वुढाथोकीले जानकारी दिए ।

आर्थिक वर्ष २०८१।८२ मा कैलाली बहुमुखी क्याम्पसबाट दुई छात्रले सयपत्री फूुलको पात र फूुल सम्बन्धी अध्ययन गरेका र ऐश्वर्य बहुमुखी क्याम्पसका दुई जना छात्राले बोझो जडिबुटीमा अध्ययन अनुसन्धान गरेको उनले बताए । नेपालको आर्थिक विकासका लागि प्राथामिकतामा राखिएका ३३ जडिबुटीमध्ये २० जडिबुटी यो उद्यानमा संरक्षित गरी राखिएको उनको भनाइ छ । यहाँ अधिकांश चुरे र तराई क्षेत्रमा पाइने जटिबुटी रहेको उनले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin